११ वर्षीया बालिका बुधबारदेखि सम्पर्कविहीन
समाधान संवाददाता
२०७५ चैत १६ गते ९:३५

समाधान संवाददाता
पोखरा महानगरपालिका १७ बिरौटा बस्ने ११ वर्षीया रिता भनिने करुणा कार्की १३ गते बुधबारदेखि हराएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
साथीहरुसँग खेल्न गएर फर्केपछि घरबाट उनी कता गइन् भन्ने थाहा नभएको बाबु अमरदीप कार्कीले बताए । ‘केही बेर त आउलिन् भनेर पर्खियौं, साँझसम्म नआएपछि खोज्न थाल्यौं,’ उनले भने, ‘तर अझै भेटिइनन् ।’
गहुँगोरो वर्ण, लगभग ३ फिट उचाइ, पातलो शरीर भएकी करुण घरबाट निस्कने बेलामा गुलाबी रङको सुरुवाल र खौरौ र कालो रङ मिसिएको सुइटर लगाएको अवस्थामा थिइन् ।
बुधबार ६ बेजेतिर उनी घरबाट उनी सम्पर्कविहीन भएको अमरले बताए । उनलाई कसैले देखे नजिकैको प्रहरी चौकी वा बुवाको नम्बरको मोबाइलन नम्बरमा ९८०९६३९५३९ र मामा दीपक कटुवालको ९८४३१९५७० नम्बरमा खबर गरिदिन परिवारले आग्रह गरेका छन् ।
सम्बन्धित







आँखाले देख्दैनन् तर खेल्दैछन् विश्व कप
गाँजा खेती वैधानिकीकरण विधेयक गण्डकी प्रदेश सभामा पेस
सिर्जना बहिरा माविमा तालावन्दी
प्रहरी महानिरीक्षकमा दानबहादुर कार्की
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
मन लोभ्याउने पुनहिल
तपाईको प्रतिक्रिया