‘अटेर गर्न छाड्दैनौं, अब स्वतन्त्र उम्मेदवारको भेला गछौं’

समाधान संवाददाता २०७९ जेठ ११ गते १२:०९

‘स्थानीय तहलाई दलीय नबनाऔं’ भन्ने मुल उद्देश्य सहित पोखराबाट सुरु भएको थियो अटेरी अभियान । गनेस पौडेलको अगुवाईमा सुरु भएको यो अभियानले देशैभरि बहस छेडेको थियो । देशैभरि स्वतन्त्र उम्मेदवारी घोषणा भए । केही ठाउँमा जित पनि भयो ।


पोखराबाट सुरु भएको यो अभियानका स्वतन्त्र उम्मेद्वारहरुले पोखरामा भने जित हात पार्न सकेनन् । अन्तिम मतपरिणाम आई सक्दा पोखरामा अटेरीलाई जम्मा ३ हजार ३० मत पाए । जबकी धनगढी र धरान उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवारहरुले प्रमुख पद जिति सकेका छन् ।


निकै चासोका रुपमा हेरिएको पोखरामा किन हार ब्यहोर्नु प¥यो ? पोखरेलीले किन टेरेनन् अटेरी ? यिनै प्रश्न अटेरी अभियानका निर्वाचन अभियान संयोजक हरि कार्कीलाई सोधेका छौं । प्रस्तुत छ कार्कीसँगको संवादको सम्पादीत अंश :

Advertisement


हो, अभियानलाई निकै चासोका साथ हेरिए पनि हामीले जित हात पार्न सकेनौं । तर, जति मत पाएका छौं । पोखरेली मतदाताको सद्भाव हामीले पाएका छौं । यो नै अभियानको सफलता हो भन्ने लाग्छ ।

Advertisement

तपाईंहरुलाई चुनावकै बेलामा के आरोप थियो भने दलीय भागबण्डाको विरोध गर्ने अटेरी नै दलकै शैलीमा देखियो भन्थे । यसमा कत्तिको सत्यता छ ?


हामी कहि न कही चुकेको सत्य हो । तर, दल जस्तै बनेका होइनौं । देशैभरि उम्मेदवार उठाएर दलहरुलाई योग्य उम्मेदवार ल्याउनुस् है भनेर खबरदारी गर्न खोजेका हौं । यसमा हामी सफल भयौं भन्ने लाग्छ । हामीले खबरदारी गरेर दललाई पनि योग्य उम्मेदवार उठाउनुपर्छ भन्नेमा दबाब दिन सक्यौं भन्ने लाग्छ ।


अब पनि अटेर गर्नु हुन्छ कि ? के छ योजना ?


अवश्य पनि, हामीले दलिय भागबण्डाको विषयमा अभियान थाल्यौं । हाम्रा योजना राम्रा हुँदा हुँदै पनि चुनाव जित्न सकेनौं । गनेस पौडेल जस्तो बौद्धिक व्यक्तित्वले उम्मेदवारको रुपमा हुनुहुन्थ्यो । हाम्रो तयारी अलि नपुगेको पक्कै हो ।
तर, हामीले प्रश्न गर्न भने छोड्दैनौं । हामी जिम्मेवार निकायमा नरहे पनि बाहिर बसेर भए पनि प्रश्न गर्न छोड्दैनौं । विसंगति विरुद्ध हामीले आवाज उठाई नै रहन्छौं ।

कसरी चल्छ त अभियान ?


अब अन्तिम मतपरिणाम पनि अधिकांश ठाउँमा आई सकेको छ । अन्तिम मतपरिणाम आई सकेको छ । सबै ठाउँको मतपरिणाम आई सकेपछि हामी स्वतन्त्र उम्मेद्वारहरुको भेला गछौं । भेलाबाट के कसरी अघि बढ्ने भन्ने छलफल गरेर, कसरी अघि बढ्न सकिन्छ । निश्कर्ष निकालेर अघि बढ्छौं ।

तपाईको प्रतिक्रिया