मुस्ताङमा एकैदिन दुई वेवारिसे शव भेटिए

जोमसोम–
मुस्ताङमा बुधबार २ जना व्यक्तिको वेवारिसे शव फेला परेको छ ।मुस्ताङको घरपझोङ गाउँपालिका–२ मार्फा स्थित कालिगण्की नदी दोभान र लोघेकर दामोदरकुण्ड जाने बाटोमा अलग÷अलग व्यक्तिको शव फेला परेको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ ।
घरपझोङ –२ को मार्फा खोला र कालिगण्डकी नदी दोभानमा अन्दाजी ३७÷३८ वर्षीय पुरुष व्यक्तिको शव फेला परेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक राजकुमार तामाङले जानकारी दिए । पैदलयात्रा गर्दै गरेका एक विदेशी पर्यटक कालिगण्डकी नदीको छेउमा वेवारिसे शव मृत अवस्थामा देखेपछि ति पर्यटकले स्थानीयलाई जानकारी गराएका थिए । कालिगण्डकी नदीमा मृत शव फेला परेको जानकारी पाएपछि स्थानीयले बिहान करिव १० बजे प्रहरीलाई खबर गरेका थिए ।त्यसपछि जिल्ला प्रहरी कार्यालय जोमसोमबाट प्रहरी टोली घटना स्थलमा पुगेर शवको मुचुल्का र अनुसन्धान सुरु गरेको प्रहरी निरीक्षक तामाङले उल्लेख गरे ।
प्रहरीले कालिगण्डकी नदीबाट शव निकालेर पोष्टमार्टमका लागि मुस्ताङ जिल्ला अस्पतालको शवगृहमा राखेको जनाएको छ ।छोटो दारी जुंगा पालेको ,गोरो अनुहा भएको र मंगोलियन हुलिया भएको उक्त वेवारिसे शवको नाम,थर र ठेगाना पहिचान हुन सकेको छैन ।प्रहरीले वेवारिसे शव फेला परेका व्यक्तिको आफन्तको खोजीकार्य अघि बढाएको छ ।
यस्तै, समुन्द्री सतहदेखि अग्लो उचाईमा अवस्थित प्रसिद्ध धार्मिक स्थल दामोदरकुण्डतर्फ जादै गरेका अन्दाजी ५५÷६० वर्षीय एक भारतीय पुरुषको शव पनि बुधबारनै फेला परेको प्रहरीको भनाई छ ।ति पुरुषको शव दामोदरकुण्ड पदमार्गको ढुङ्गेठाटी नजिक बिहान ७ बजे फेला परेको प्रहरी निरीक्षक राजकुमार तामाङले जानकारी दिए ।उनका अनुसार उक्त मृत फेला परेका नागरिक मुक्तिनाथ मन्दिरमा बस्ने जोगी भएको बताएको छ ।
दोमोदरकुण्ड जाने बाटोमा शव फेला परेपछि नजिकैको प्रहरी टोली घटनास्थलतर्फ जाँदै गरेको उनले बताए । शप भेटिएको स्थानमा पुग्न प्रहरीलाई करिव ७–८ घण्टा लाग्नसक्ने प्रहरी निरीक्षक तामाङले बताए । घटनाबोर बिस्तृत जानकारी आउन बाँकी रहेको उनले जनाए ।






भद्रकाली सहकारीको सातौँ साधारणसभा र तेस्रो अधिवेशन, अध्यक्षमा बाबुराम सापकोटा
मुस्ताङमा सवारी चाप बढ्यो, ट्राफिक राजश्व घट्यो
योगेन्द्रलाई पुरस्कार
कोरला १३ नेपाली चीन गए
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
तपाईको प्रतिक्रिया