युक्रेनकाे राष्ट्रपति चुनावमा हास्यकलाकार जेलेन्स्कीकाे अग्रता

किभ,एएफपी
युक्रेनमा राष्ट्रपतिका लागि आइतबार सम्पन्न निर्वाचनको प्रारम्भिक मतगणनामा एक जना लोकप्रिय हास्यकलाकार भोलोडिमिर जेलेन्स्की अग्रस्थानमा रहनुभएको चुनाव आयोगले जनाएको छ ।
वर्तमान राष्ट्रपति पेट्रो पोरोशेन्को विरुद्ध जेलेन्स्की र पूर्व प्रधानमन्त्री युलिया टिमोशेन्कोले कडा चुनौती दिनुभएको थियो । कलाकार जेलेन्स्कीले राष्ट्रपति पेट्रो पोरोशेन्कोको भन्दा दोब्बर मत प्राप्त गर्नुभएको छ तर निर्वाचित हुन आवश्यक ५१ प्रतिशत मत प्राप्त गर्नुभएको छैन ।
प्रारम्भिक मत गणनाको परिणामअनुसार जेलेन्स्कीले ३०.२ प्रतिशत र पोरोशेन्कोले १६.७ प्रतिशत मात्र मत प्राप्त गर्नुभएको छ । पूर्व प्रधानमन्त्री युलियाले १३.०८ प्रतिशत मत प्राप्त गर्नुभएको छ ।
करिब चार करोड २० लाख जनसंख्या रहेको युक्रेनको यस पटकको राष्ट्रपतिको चुनावमा ३९ जनाले उम्मेदवारी दिएका थिए । पछिल्ला वर्षहरुमा भ्रष्टाचार, अर्थतन्त्रमा छाएको मन्दी तथा पूर्वी भेगमा रुसी समर्थनमा भइरहेको सशस्त्र सङ्घर्षबाट युक्रेन आक्रान्त छ ।
मत सर्वेक्षणमा हास्यकलाकार भोलोडिमिर जेलेन्स्की निर्वाचित हुने सम्भावना रहेको देखाएका थिए ।
युक्रेनको संविधान अनुसार कुनै उम्मेदवारले पूर्ण बहुमत नल्याएका कारण सबैभन्दा बढी मत ल्याउने दुई जनाबीच आगामी अप्रिल २१ मा दोस्रो चरणको चुनाव हुनेछ ।






अमरज्योति आधारभूत विद्यालयको स्वर्ण जयन्तीमा महायज्ञ
विश्वासको मत नपाउने भएपछि मधेशका मुख्यमन्त्री सोनलद्वारा राजीनामा
पत्रकार सापकोटाको ‘ज्ञानिका’ लोकार्पण
सुरजको रचना र विनोदको गायनको गीत ‘यहीँ दुःख गरम्ला…’ को म्युजिक भिडियो सार्वजनिक
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
तपाईको प्रतिक्रिया