कृष्ण देवकोटाकाे ‘जोर धाराको पानी’ बजारमा

समाधान संवाददाता २०७९ जेठ १५ गते १७:२८

पोखरा ।
खास गरी ठाउँ विशेषका लोकगीतमार्फत लोक तथा दोहोरी गीतको यात्रामा जमेका गायक कृष्ण देवकोटाले लोकगीत एल्बम ‘जोर धाराको पानी’ बजारमा ल्याएका छन् ।

बटौलीमा झरौला, राम्दी झरेर, यो मायाको संसार बिचित्र, नौतुनाको रेल जस्ता सर्वाधिक रुचाइएका गीत गाएका देवकोटाले ठाउँ विशेषको रुपमा पाल्पाको जोडधारालाई आफ्नो गीतमा समावेश गरेका छन् । पोखरेली गायक देवकोटाले सिद्धार्थ राजमार्ग अन्तर्गत तानसेन बुटवल खण्डको सानो जोडधारा बजारलाई चिनाउने गीत माया प्रेममा आधारित मनोरञ्जनात्मक भएको बताए ।

अहिले अमेरिकामा बस्ने कलाकार देवकोटाले जोडधाराको बटुक, चुकाउनी र माछा खाने क्रममा गीत लेखेको जानकारी दिए । ‘सन्देश दिनेभन्दा पनि परिवेश अनुसार नयाँ पुस्ताका युवा युवती नाँच्ने रमाउने गीत हो,’ उनले भने, ‘ठाउँ चिनाउने मौलिक गीत र म्युजिक भिडियोमा मौलिक नृत्य भएकाले स्रोता र दर्शकका लागि जोर धाराको पानी मेरा पुराना जस्तै सर्वाधिक रुचिमा पर्नेमा विश्वस्त छु ।’ अन्तर्राष्ट्रिय कलाकार मञ्च अमेरिकाका सदस्य समेत रहेका देवकोटाले यो पालि नेपाल आएर नयाँ कोशेली बजारमा ल्याएको बताए ।

Advertisement

काठमाडांैको राग स्टुडियोमा रेकर्ड गरिएको गीतमा शब्द र लय गायक देवकोटाको छ । गायनमा उनलाई लोकप्रिय गायिका शान्तिश्री परियारले साथ दिएकी छन् । संगीत संयोजन आशीष अविरल रहेको म्युजिक भिडियाको निर्देशन मौषम हिमालीले गरेका छन् । नायक पुष्प खड्का र मोडल जुना सुन्दासले अभिनय गरेको म्युजिक भिडियो नवीन घर्तीमगरले सम्पादन गरेका छन् ।

Advertisement

तपाईको प्रतिक्रिया