नरेश भट्टराईलाई एमाले पर्यटन विभागकाे जिम्मेवारी
समाधान संवाददाता
२०७९ जेठ १९ गते १८:४५

पाेखरा ।
पाेखराका पर्यटन व्यवसायी नरेश भट्टराईले नेकपा एमालेकाे पर्यटन विभागकाे सदस्यकाे जिम्मेवारी पाएका छन् ।
पाेखराकाे लेकसाइडस्थित माउन्ट कैलाश रिसाेर्टका सञ्चालक भट्टराई नेकपा एमाले गण्डकी प्रदेश कमिटीका सदस्य पनि हुन् । पुराना एमाले कार्यकर्ता भट्टराई पाेखराका स्थापित पर्यटन व्यवसायी हुन् ।
उनीसहितकाे २५ सदस्यीय पर्यटन विभागलाई पूर्णता दिएकाे एमाले महासचिव शंकर पाखरेलले जारी गरेकाे विज्ञप्तिमा उल्लेख छ ।

सम्बन्धित
तपाईको प्रतिक्रिया