वातावरण दिवसमा सफाइ

समाधान संवाददाता २०७९ जेठ २३ गते १३:१०

पोखरा ।
विश्व वातावरण दिवसको अवसरमा पोखराको गणेश टोलमा रहेको फेवा पब्लिक बोर्डिङ स्कुलले आइतबार सरसफाइ तथा सचेतना र्‍याली आयोजना गर्‍यो । विद्यालय प्राङ्गणबाट सुरु भएको र्‍याली गणेश टोल, नालाकोमुख हुँदै बागलुङ बसपार्कमा पुगेको थियो । र्‍यालीमा सहभागि विद्यार्थी, विद्यालयका शिक्षक र कर्मचारीले बागलुङ बसपार्क आसपासका गल्लीमा सरसफाइ गरेर १ क्विन्टल फोहोर संकलन गरेका थिए ।

विद्यार्थीले संकलन गरेको फोहोर महानगरपालिकाको फोहोर व्यवस्थापन गर्ने गाडीमा व्यवस्थापन गर्ने विद्याल सञ्चालक समिति अध्यक्ष अच्यूत पाण्डेले जानकारी दिए । विद्यार्थी र सर्वसाधारणलाई वातावरणको महत्वका बारेमा जानकारी दिने उद्देश्यले सचेतना र्‍याली र सरसफाइ आयोजना गरिएको अध्यक्ष पाण्डेले बताए । समाजको वरपर अव्यवस्थित रुपमा फोहोर फाल्दा त्यसले मानवीय स्वास्थ्यमा कस्तो असर पर्न सक्छ भन्ने प्रत्यक्ष अनुभव दिने उद्देश्यले विद्यार्थीलाई सरसफाइ अभियानमा सहभागी गराइको विद्यालयका प्राचार्य टेकबहादुर गुरुङले बताए ।

Advertisement

तपाईको प्रतिक्रिया