सगरमाथा साहित्य प्रतिष्ठानको अध्यक्षमा अजित उत्सव

सगरमाथा साहित्य प्रतिष्ठानको अध्यक्षमा अजित उत्सव चयन भएका छन् । केन्द्रीय कार्यसमितिको भर्चुअल बैठकले अजित उत्सवलाई केन्द्रीय अध्यक्षका रुपमा चयन गरेको हो ।
शनिबार राती भएको जुम बैठकमा संस्थाका केन्द्रीय पदाधिकारी, बिभागिय प्रमुख र पदाधिकारी, नेपाल शाखाका अध्यक्ष, प्रदेश अध्यक्ष, संस्थाका केन्द्रीय संरक्षक लगायतको उपस्थिती थियो ।
प्रतिष्ठानको केन्द्रीय कार्यालय मध्यपूर्बको युएईमा छ । संस्थाले हरेक बर्ष साहित्यका विविध बिधामा अन्तर्राष्ट्रिय प्रतियोगिताको आयोजना र पुस्तक प्रकाशन गर्दै आएको छ । नेपाल लगायतका देशमा यसका शाखा छन् ।
एक दशक भन्दा बढी समयदेखी युएईमा कार्यरत अजित प्रतिष्ठानमा २०१७ बाट आबद्ध छन् । उनी यसअघि प्रतिष्ठानले आयोजना गरेको बिश्वब्यापी नेपाली कविता प्रतियोगिताको सह(संयोजक/संचार बिभाग प्रमुख समेत रहिसकेका छन् । उनी प्रतिष्ठानको नेपाल इन्चार्ज समेत हुन् ।
हालै उनको ‘आकाशगङ्गाको किनार’ कविता संग्रह बजारमा आएको छ ।







आँखाले देख्दैनन् तर खेल्दैछन् विश्व कप
गाँजा खेती वैधानिकीकरण विधेयक गण्डकी प्रदेश सभामा पेस
सिर्जना बहिरा माविमा तालावन्दी
प्रहरी महानिरीक्षकमा दानबहादुर कार्की
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
मन लोभ्याउने पुनहिल
तपाईको प्रतिक्रिया