छाइल यात्रा पोखराबाट सुरु हुने

पोखरा ।
डोट्याली कवि लोकराज भट्टको उपन्यास ‘छाइल’ पाठक माझ लोकप्रिय बन्दै गएको छ । यस उपन्यासमा सुदूरपश्चिमको सभ्यताको छायाँ (छाइल) छर्लङ्गै देखिन्छ । सरल एवं कलात्मक भाषामा लेखिएको उपन्यास पढ्नेहरू मोहित हुन्छन् ।
पाठक र लेखकबीच अन्तरक्रिया गराउन प्रकाशक ‘बुक्स हिमालय’ले आउँदो आइतबारदेखि मुलुकका प्रमुख सहरहरूमा ‘छाइल यात्रा’ शुभारम्भ गर्दैछ । बुक्स हिमालयका प्रमुख पवन शाक्यका अनुसार साउन २२ गते आइतबार पोखराको हिमालयन रिडर्स कर्नरमा अपरान्ह ४ः३० बजेटबाट ‘छाइल’ माथि विमर्श गरिनेछ ।
सुदूरपश्चिमका सांस्कृतिक अध्येता एवं कवि हेमन्त विवशले सहजीकरण गर्ने कार्यक्रममा समीक्षकद्वय सञ्जीव पौडेल र गौरी तमुले मिहीन ढङ्गले पुस्तककको समीक्षा गर्नेछन् । कार्यक्रममा साहित्यका शिखर पुरुष सरुभक्तले उपन्यासकार र साहित्य अनुरागीलाई आशीर्वचन प्रदान गर्नेछन् । त्यसैगरी पाठक र लेखकबीच अन्तरक्रिया पनि चलाइनेछ । पोखरामा कार्यक्रमको संयोजन ‘पुछारसिटे अभियान’ले गर्नेछ ।
पोखरा पछि चितवन, विराटनगर, नेपालगन्ज, धनगढी, हेटौंडालगायत सहरमा यस्तै कार्यक्रम गरिने प्रकाशकले जनाएको छ ।
भदौको दोस्रो साता चितवनमा पनि आयोजना गरिने विमर्श कार्यक्रमको समीक्षा भने कवि भूपिन र लक्ष्मी बरालले गर्नेछन् भने अग्रज उपन्यासकार रामबाबु घिमिरेले आशीर्वचन प्रदान गर्नेछन् । ‘जतिले यो उपन्यास पढेका छन् ती सबैबाट उत्साहजनक प्रतिक्रिया पाएको छु’, उपन्यासकार भट्ट भन्छन्, ‘पाठकको सल्लाह, सुझाब र आशीर्वाद शिरमा बोकेर अघि बढ्नेछु ।’ केही दिनअघि बुकहोलिक्सिले ‘छाइल’ माथि छलफल चलाएको थियो ।







आँखाले देख्दैनन् तर खेल्दैछन् विश्व कप
गाँजा खेती वैधानिकीकरण विधेयक गण्डकी प्रदेश सभामा पेस
सिर्जना बहिरा माविमा तालावन्दी
प्रहरी महानिरीक्षकमा दानबहादुर कार्की
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
मन लोभ्याउने पुनहिल
तपाईको प्रतिक्रिया