यातायात व्यवसायीको आन्दोलन स्थगित

समाधान संवाददाता २०७९ साउन २३ गते १३:२९

पोखरा ।
गण्डकीमा यातायात व्यवसायीले घोषणा गरेको आन्दोलन स्थगित भएको छ । सवारी कर वृद्धि फिर्ता गर्न माग गर्दै भएको आन्दोलन स्थगित भएको छ । प्रदेश सरकारले माग सम्बोधन गर्ने प्रतिबद्धता जनाएपछि आइतबारदेखि सुरु गर्ने भनिएको आन्दोलन तत्काललाई स्थगित गरिएको हो । गत १८ साउनमा विज्ञप्ति निकालेर नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ गण्डकीले सार्वजनिक गाडी घर–ग्यारेजमै थन्काउने घोषणा गरेको थियो ।

सवारी कर घटाउनुपर्ने, ट्राफिक जरिवाना संशोधन गर्नुपर्ने र विद्यार्थी, अशक्त, वृद्धवृद्धा लगायतलाई गाडी भाडामा छुट दिएबापत पाउने सवारी कर छुट गत वर्षकै जस्तो हुनुपर्ने माग यातायात व्यवसायीको थियो । विद्यार्थी, अशक्त, वृद्धवृद्धा लगायतलाई गाडी भाडामा छुट दिएबापत सार्वजनिक सवारीले गत वर्षसम्म करमा ६० प्रतिशत छुट पाउँथे । आर्थिक वर्ष २०७९–८० देखि त्यसलाई ३३ प्रतिशत बनाइएपछि व्यवसायी असन्तुष्ट भएका हुन् ।

Advertisement

तपाईको प्रतिक्रिया