चट्याङले युवतीको मृत्यु

समाधान संवाददाता २०७६ वैशाख २ गते ११:४३

समधान संवाददाता, दुलेगौंडा

चट्याङ लागेर तनहुँमा शनिबार राति १ युवतीको मृत्यु भएको छ । मृत्यु हुनेमा शुक्लागण्डकी नगरपालिका–१० लोकदीटारकी २४ वर्षीया भूमिका खत्री रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

वर्षासँगै परेको चट्याङ लागेर गम्भीर घाइते भएकी खत्रीको उपचारको क्रममा पोखरास्थित मनिपाल शिक्षण अस्पतालमा मृत्यु भएको हो । चैते दसैं मनाउन माइती घर पुगेकी उनलाई चट्याङ लागेको थियो ।

Advertisement

सोही वडाको मीनामखानी माइती घर पुगेकी खत्री शुक्लागण्डकी नगरपालिका–४ दुलेगौंडास्थित ज्ञानबगैंचा बोर्डिङ स्कुलकी शिक्षिका हुन् ।

Advertisement

तपाईको प्रतिक्रिया