बि एन्ड बि टेक ग्रुपकाे अनुसन्धान केन्द्र खोल्ने योजना

समाधान संवाददाता २०७९ भदौ १ गते १५:०५

पोखरा l
बि एन्ड बि टेक ग्रुपले पोखरामा अनुसन्धान तथा विकासबारे छलफल गरेको छ । सन् २०१८ मा स्थापना भएको संस्थाले ५ वर्षमा विभिन्न कम्प्युटर तथा मोबाइलका सफ्टवेयर र एप विकास गर्दै आएको संस्थाका को–फाउन्डर डा. विकास लम्सालले बताए ।
संस्थाको नेपालसहित जापान, फ्रान्स, इटाली र डेनमार्कमा शाखा छन् ।

यसले आइटीसँग सम्बन्धित कार्यसँगसँगै फोहोरको वर्गीकरणलाई कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा पनि पहल गर्दै आएको छ । ग्रुपका अर्का को–फाउन्डर एवं रिसर्चर इन्जियनियर बिमलबहादुर केसीले आगामी ५ मा नेपालमा अनुसन्धान केन्द्र खोल्ने योजना सुनाए । विदेशका लागि मात्र नभई आफ्नै देशमा केही गर्न चाहेको उल्लेख गर्दै उनले राज्यले त्यो खालको वातावरण सृजना गर्नुपर्ने भनाइ राखे ।

जाभा सफ्टवेयरका सिओइ दिव्यमणि सुवेदीले प्रविधिमा विश्वले धेरै फड्को मारिसके पनि नेपाल अझै पनि पछाडि नै रहेको बताए । नेतृत्व तहमा बसेकाहरुले यसतर्फ पहल गर्नुपर्ने उनको भनाइ छ । गण्डकी विश्वविद्यालयका कुलपतिका सल्लाहकार डा. सन्तोष सापकोटाले विदेशमा सिकेको सीपलाई स्वदेशमा नै सदुपयोग गर्नुपर्नेमा जोड दिए ।

Advertisement

सल्यानको शारदा नगरपालिकाका प्रमुख प्रकाश भण्डारीले देशलाई अन्तर्राष्ट्रिय क्षेत्रमा चिनाउन चाहने युवालाई राज्यले प्रोत्साहन गर्नुपर्ने बताए । डिजिटल शारदा एप बनाउने जिम्मासमेत बि एन्ड बिलाई दिइएको उनले स्पष्ट पारे ।
रेडियो अन्नपूर्णका स्टेसन म्यानेजर सञ्जयकुमार मल्लले गाउँ गाउँमा बाटोघाटो पुर्‍याउनुमात्र विकास नभई आम नागरिकमा चेतनाको स्तर वृद्धिमा पनि जनप्रतिनिधिले ध्यान दिनुपर्ने बताए ।

Advertisement

तपाईको प्रतिक्रिया