पासपोर्ट थन्क्याएर होटल व्यवसायमा म्याग्दीका युवा

राकेश शर्मा
म्याग्दी
पछिल्लो समय म्याग्दीमा होटल, रेस्टुरेन्ट तथा रिसोर्टमा लगानी गर्नेमा युवा अग्रपंक्तिमा छन् । म्याग्दीमा केही समययता विदेशबाट फर्केका युवाले यस क्षेत्रमा उल्लेख्य लगानी गरिरहेका छन् ।
पर्यटनक आगमन बढेपछि म्याग्दीमा होटल तथा रिसोर्टमा लगानी थपिएको हो । करिब ५० लाख लगानीमा बेनीको गणेशटोलमा ओल्ड हाउस एन्ड नेवारी किचन सञ्चालन गरेका सिसम श्रेष्ठ अहिले मासिक ६ लाख रुपैयाँ कमाउछन् । उनले ४ महिनाअघि होटल थालेका थिए । ‘५० लाख लगानी गरेर व्यवसाय सुरु गरेको हुँ, अहिले राम्रो कमाइ भएको छ,’ उनले भने । होटलमा ७ कर्मचारी छन् ।
‘विदेशमा गएका साथीहरुले त्यहाँको दुःख सुनाउदा विदेश जाने मन पनि आएन,’ उनले भने, ‘अरुको देशमा गएर दुःख गर्नु भन्दा आफ्नो ठाउँमा नै गर्छु भनेर यता लागें ।’
बेनीमा रहेको ब्रोदस फुड स्टेसनका सञ्चालक दीपक जिसी विदेशबाट फर्केर होटल व्यवसाय गरेका हुन् । ‘३ वर्ष कतारमा काम गरें । फर्केर आफ्नै देशमा गरेर केही व्यवसाय गर्छु भनेर नेपाल आएँ,’ जिसीले भने, ‘अहिले पासपोर्ट बाकसमा थन्काएको छु ।’ विदेशमा एक्लै बसेर लाख कमाउनुभन्दा परिवारसँग बसेर हजार कमाउनुमै सन्तुष्टि मिलेको उनले बताए ।
ईश्वर भण्डारीले पढ्दा पढ्दै होटेल खोले । उनी भन्छन्, ‘अहिले धेरै युवा विदेश जान लाखौं खर्च गर्छन् तर व्यवसाय गर्न लगानी गर्न मान्दैनन् ।’ अहिले होटलबाट मासिक ४ लाख कमाइ गरी लाखमै बचत भइरहेको उनले सुनाए ।
म्याग्दी पछिल्लो समय पर्यटकीय स्थल बन्दै गएको छ । यहाँ आउने आन्तरिक तथा बाह्य पर्यटक संख्यामा दिनहुँ बढ्दै गएको छ । यसलाई बुझेर २ युवाले ह्वाइट हाउस होटल सञ्चालन गरे । २ वर्षअघि कालीपुलमा होटल व्यवासाय थालेको विवेक केसीले बताए ।
होटल क्षेत्रमा काम गर्न सके कमाइ राम्रो रहेको उनी बताउँछन् । ‘राति अबेरसम्म बस्नुपर्ने, ग्राहकको रोजाइ अनुसारका खाजाका परिकार बनाउनुपर्ने भएकाले कतिपयले बीचैमा छाड्छन्,’ उनको अनुभव छ । यो होटलमा ६ जनाले रोजगारी पाएका छन् ।
पछिल्लो समय युवा पुस्ताको होटल क्षेत्रमा लगानी बढ्दै गए पनि लगानी अनुसारको कमाइ भने नभएको म्याग्दी होटल व्यवसायी संघ अध्यक्ष ताराप्रसाद आचार्य (बाबुराम) बताउँछन् । ‘विदेश जानुभन्दा युवा व्यावसायिक बन्नु राम्रो हो, यहाँ लामो समयसम्म होटल व्यवासाय गर्ने वातावरण नै छैन’, उनले भने ।
म्याग्दीमा पर्यटक लोभ्याउने दजनौं स्थल भए पनि पर्यटक १ रातसमेत यहाँ रोकिँदैनन् । मुख्य बजार बाहिर होटल कम छन् । पर्यटक म्याग्दमा रात नबस्ने तर पछिल्लो समय होटलको संख्या बढ्दै जाँदा समस्या थपिएको उनी बताउँछन् ।







जेन–जी आन्दोलनमा तोडफोड र लुटपाट गर्ने ४ जना पक्राउ
आन्दोलनका बेला प्रहरी कार्यालयबाटै मोटरसाइकल चोरी गर्ने २ जना पक्राउ
क्रिकेट विकासमा नेपथ्यको साथ
प्रदेशसभा बैठक सोमबार, मुख्यमन्त्रीले संवोधन गर्ने, गाँजा विधेयक पेस हुने
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
मन लोभ्याउने पुनहिल
तपाईको प्रतिक्रिया