पोखरा आयो ‘तेल भिसा’ कवितासंग्रह

पोखरा ।
नेपाली लेखक संघ कास्कीले कवि सुरेन्द्र अस्तफलको कवितासंग्रह तेल भिसामाथि परिचर्चा कार्यक्रम गरेको छ । शनिबार पोखरामा आयोजित समारोहमा समालोचक डा भूमिराज बस्ताकोटीले कृतिको चर्चा गरे । बस्ताकोटीले तेल भिसा समसामयिक जीवनको उत्कृष्ट प्रतिबिम्ब भएको जनाए । उनले कविको विषय प्रस्तुतिको शैलीको प्रशंसा गरे । सरल भाषा र शैलीमा गहन भाव पस्कन सक्नु सुरेन्द्रको वैशिष्ट्य रहेको उनको ठम्याइ थियो ।
संग्रह पठनीय हुँदाहुँदै पनि यसमा केही विचारगत, अर्थगत, वर्णविन्यासगत त्रुटि रहेको र त्यसले कृतिलाई उत्कृष्ट बन्नबाट रोकेको उनले उल्लेख गरे । नेपाली लेखक संघका केन्द्रीय अध्यक्ष तीर्थ श्रेष्ठले राज्यले स्रष्टा–लेखकलाई सम्मान गर्न नसकेको बताए । व्यक्तिगत क्षमताकै आधारमा केही सर्जक लेखेरै बाँच्ने अवस्था भए पनि अधिकांश उत्कृष्ट कृति सिर्जना गर्ने सर्जक एवं लेखक पनि लेखनकै आधारमा सम्मानित जीवन बाँच्न सक्ने अवस्था नभएको उनको भनाइ छ ।
समग्र लेखकको हकहितका लागि लेखक दिवस मनाउने प्रस्ताव नेपाली लेखक संघले राखेको र प्रतिलिपि अधिकार प्राप्तिका लागि लेखक संघको लडाईँ निष्कर्षमा पुर्याएर छाडिने प्रतिवद्धता उनले गरे । सुरेन्द्र जस्तै निरन्तर साधना गर्ने सर्जकको जीवनको सुरक्षाका लागि र लेखकीय स्वतन्त्रताका लागि देशभरका लेखक एक हुनुपर्ने उनको भनाइ छ । सुरेन्द्रको लेखनशैली र क्रियाशीलता अनुसरणीय रहेको डा. ईश्वरमणि अधिकारीले बताए । कवि अस्तफलले आफ्ना १० कविता सुनाए । उनले कृतिमा रहेका त्रुटिलाई आगामी लेखनमा सच्याउँदै लैजाने प्रतिबद्धता जनाए ।
अस्तफल चितवनमा रही नेपाली कविता लेखनका क्षेत्रमा ३ दशकदेखि क्रियाशील छन् । नेपाली लेखक संघका केन्द्रीय सदस्यसमेत रहेका उनी संघको चितवन शाखाका अध्यक्ष हुन् । नेपाली लेखक संघ कास्की अध्यक्ष सञ्जीव पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा सचिव कमल पौडेल अथक र उपाध्यक्ष रीता अधिकारी रितुले पनि बोलेका थिए ।







आँखाले देख्दैनन् तर खेल्दैछन् विश्व कप
गाँजा खेती वैधानिकीकरण विधेयक गण्डकी प्रदेश सभामा पेस
सिर्जना बहिरा माविमा तालावन्दी
प्रहरी महानिरीक्षकमा दानबहादुर कार्की
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
मन लोभ्याउने पुनहिल
तपाईको प्रतिक्रिया