बागमारामा ग्रिन डेभलपमेन्ट

समाधान संवाददाता २०७६ वैशाख ८ गते ११:१९

समाधान संवाददाता

ग्रिन डेभलपमेन्ट बैंकले पोखरा ३३ बागमारा पोखरामा शाखा विस्तार गरेको छ । पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीले शाखा उद्घाटन गरे । घरमा रहेको पैसा बैंकमा जम्मा गर्दा रकम सुरक्षित हुने, उत्पादनशील क्षेत्रमा बैंकमार्फत उपयोग हुने तथा ब्याजसमेत आर्जन हुने भएकाले बैंकमा रकम जम्मा गर्ने बानी बसाल्न मेयर जिसीले सबैमा आग्रह गरे ।

बैंकका अध्यक्ष गणेशकुमार श्रेष्ठको अध्यक्षता भएको कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत उमेशकुमार आचार्य, वडा न.ं ३३ का वडा सदस्य दीपक लामिछाने, सरस्वती टीका बहुमुखी क्याम्पस व्यवस्थापन समिति अध्यक्ष पिताम्बर पौडेल, बैंकका सञ्चालक श्यामप्रसाद श्रेष्ठ लगायतले बोलेका थिए ।

Advertisement

बैंकले केन्द्रीय कार्यालय बागलुङबाट पोखरा ८ सभागृहचोकमा स्थानान्तरण गर्न लागेको छ भने शाखा संख्या ९ पुगेको छ । बैंकले विभिन्न बचत एवं मुद्दती खातामा आर्कषक ब्याजदर प्रदान गरेको तथा सहज र सुलभ ब्याजदरमा कर्जा उपलब्ध गराउँदै आएको छ । कृषि, पर्यटन जस्ता उत्पादनशील क्षेत्रलाई प्राथमिकतामा राखी कर्जा लगानी गर्दै आएको छ भने न्यून आय भएका वर्गलाई लक्षित गरी सामूहिक जमानीमा विपन्नवर्ग कर्जा समेत प्रवाह गर्दै आएको प्रमुख कार्यकारी अधिकृत आचार्यले बताए ।

Advertisement

तपाईको प्रतिक्रिया