यामाहाकाे भी ३.० सार्वजनिक

समाधान संवाददाता
पोखरा
नेपालमा यामाहा एफसिएस एफआईको तेस्रो पुस्ता (भी ३.०) सार्वजनिक भएको छ । यो फ्युल इन्जेक्सन प्रविधि र एन्टिलक ब्रेकिङ सिस्टम दुवै भएको १ सय ५० सिसीको पहिलो मोटरसाइकल हो । नेपालका लागि यामाहा मोटरसाइकल तथा स्कुटरको आधिकारिक बिक्रेता एमएडब्लु इन्टरप्राइजेज प्रालिले मोटरसाइकल भित्र्याएको हो ।
यसबाट यामाहा आफ्ना ग्राहकको सुरक्षा तथा सबैखाले मौसम र सडक अवस्थामा पनि अद्वितीय ‘राइडिङ एक्सपिरियन्स’ दिलाउन प्रतिबद्ध भएको प्रमाणित हुने कम्पनीको दाबी छ । नयाँ वर्ष २०७६ मा अवसरमा आएको यो मोटरसाइकलको प्रारम्भिक मूल्य ३ लाख ९ हजार ९ सय छ ।
यसमा १ सय ४९ सिसीको सिंगल सिलिन्डर, फ्युल–इन्जेक्टेड ब्लुकोर इन्जिन छ । यसले अधिकतम १३.२ बिएचपी पावर र १२.८ एनएम टर्क उत्पन्न गर्छ । यसमा अघिल्लो पुस्तामा झैं ५ स्पिड गियरबक्स छ भने अगाडि ४१ एमएमको टेलिस्कोपिक फर्क र पछाडि मोनो सक प्रयोग गरिएको छ । यसको फ्रन्ट र ब्याक दुवै ह्विलमा डिस्क ब्रेकको व्यवस्था छ ।
राइडरको सुरक्षालाई मध्यनजरमा गरी यामाहाले एफजिएसको तेस्रो पुस्तामा सिंगल च्यानल एबिएस जडान गरेको छ जसले ब्रेकिङ कन्ट्रोललाई जबर्जस्त बनाइदिएको छ । नयाँ मोटरसाइकलको फ्युल ट्यांक क्षमता १२.८ लिटरको छ ।







जेन–जी आन्दोलनमा तोडफोड र लुटपाट गर्ने ४ जना पक्राउ
आन्दोलनका बेला प्रहरी कार्यालयबाटै मोटरसाइकल चोरी गर्ने २ जना पक्राउ
क्रिकेट विकासमा नेपथ्यको साथ
प्रदेशसभा बैठक सोमबार, मुख्यमन्त्रीले संवोधन गर्ने, गाँजा विधेयक पेस हुने
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
मन लोभ्याउने पुनहिल
तपाईको प्रतिक्रिया