शोभाकारको आत्मकथा बजारमा

समाधान संवाददाता २०७९ असोज १२ गते ११:३३

पोखरा ।
समाजसेवी शोभाकर बरालको आत्मकथा ‘मैले टेकेको धरती’ बजारमा आएको छ । तथा उनी सेवा निवृत्त शिक्षकसेमत हुन् । मंगलबार भएको कार्यक्रममा शिक्षाविद जर्ज जोनले कृति सार्वजनिक गरे ।

जोनले सबै मान्छेले कर्म गरे पनि कमै मान्छेले मात्रै सत्कर्म गर्ने बताए । कृतिकार बरालले माइला छोरा खगराजको हुटहुटीले कृति तयार भएको सुनाए ।

कार्यक्रममा साहित्यकार दुर्गाबहादुर शाह ‘बाबा’, समाजसेवी तोयानाथ लामिछाने, मित्रलाल बराल, प्रदेश सचिव मनमाया पंगेनी भट्टराई, जिसस कास्की उपप्रमुख सरिता कुमाल, नवराज बराल, चुनबहादुर गुरुङ लगायतले बोलेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया