जल्धारे सहकारीमा नयाँ नेतृत्व

समाधान संवाददाता २०७९ असोज १२ गते १५:५७

लेखनाथ ।
पोखरा महानगरपालिका वडा नं २६ मा रहेकोे जल्धारे बचत तथा ऋण सहकारी सस्थाको १४ औं बार्षिक साधारण सभा तथा छैटौं अधिवेशले आगामी कार्यकालका लागि विष्णु प्रसाद बरालको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।

सोमबार भएको अधिवेशनबाट नयाँ कार्यसमिति चयन हुन नसके पछि मंगलबार भएको विशेष भेलाले सर्वसम्वत रुपमा पूर्व कार्यसमितिका सचिव विष्णुप्रसाद बरालको अध्यक्षतामा १४ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । नवगठित समितिको उपाध्यक्षमा सारदादेवि बराल, सचिवमा विचित्रनाथ ढुगाना, कोषाध्यक्षमा विश्वराज अधिकारीलाई चयन गरेको हो भने समितिको सदस्यमा सुर्यप्रकाश ढुंगाना, मदन प्रकाश बराल, बिष्णुहरि ढुंगाना, मदन बराल, ध्रुव बहादुर विक,अर्जुन धिताल र सृजना तिवारी छन् ।

यसैगरि सोही भेलाले लेखा समितिको संयोजकमा जिवन ढुगाना र सदस्यहरुमा बिबेक ढुंगाना र लक्ष्मीप्रसाद ढुंगानालाई छनोट गरेको हो । यसैबिच नवनिर्वाचित टिमलाई निर्वाचन संयोजक राममणि ढुंगानाले पद तथा गोपनीयताको सपथ गराएका थिए ।
सहकारीको क्षेत्रमा उल्लेखिए काम गरेको सस्थाले चालु आर्थीक वर्षसम्ममा एक हजार ५२ सेयर सदस्यहरु मार्फत चार करोड ७९ लाख ४७ हजार सेयर पुँजी बनाउन सफल भएको छ ।

Advertisement

तपाईको प्रतिक्रिया