युआरएल स्याङ्जामा शिविर

पोखरा ।
युआरएल स्याङ्जाले शनिबार २ सय ५ जनाको सित्तैमा मधुमेह तथा रगत हुने खराब बोसो (टिजी) जाँच गरेको छ । ५ महिनाअघि पुतलीबजार १ मा सञ्चालनमा आएको युआरएल स्याङ्जाले सामाजिक उत्तरदायित्व वहन गर्दै सचेतनासहितको शिविर आयोजना गरेको हो ।
शिविरमा वरिष्ठ फिजिसियन डा कृष्णराज अधिकारीले खानपान, जीवनशैली सुधार्न र सम्भव भएसम्म वर्षमा एक पटक स्वास्थ्य जाँच गरी स्वस्थ रहन आग्रह गरे । धेरैजसो नसर्ने खालका रोगले एकै पटक थला नपार्ने जनाउँदै उनले सामान्य लक्षण देखिँदा र प्रारम्भिक चरणमै पत्ता लागे चाडै निको हुने र सास्ती कम हुने उल्लेख गरे ।
डा अधिकारीले चाडपर्वका बेला खानाका कारण आउने समस्या बढी देखिने भएकाले सजग भएर चाडपर्व मनाउन सुझाए । उनले भने, ‘हामी काम र कसरत कम, तनाव बढी र मिसावट भएका खाना खान थालेका छौं । त्यसैले पहिलाभन्दा बढी सजग हुनु आवश्यक छ ।’
सुरुआती चरणमै पत्ता लागे सुगर र टिजीलाई नियन्त्रणमा राखेर सामान्य जीवन बाच्न सकिने उल्लेख गर्दै उनले हेलचेक्र्याइ गरे जीवन नै जोखिममा पर्न सक्ने जनाए ।
युआरएलका अध्यक्ष ठाकुरप्रसाद पन्तले आधुकि प्रविधि, दक्ष जनशक्ति र गुणस्तरीय सेवा स्थानीय तवरमै दिन स्याङ्जामा सेवा सुरु गरिएको बताए ।
सामान्यदेखि जटिल तवरका जाँच उपलब्ध गराउँदै सेवाग्राहीलाई गुणस्तरीय सेवा दिने उनले प्रतिवद्धता गरे । युआरएलका निर्देशक गणेशप्रसाद कोइरालाले गण्डकी प्रदेशबासीलाई गुणस्तरीय ल्याब सेवा दिन आफूहरु प्रतिवद्ध गरेको बताए ।
स्थापनाको ९ वर्षमा युआरएलले विभिन्न संघ, संस्थासँग सहकार्य गरी आयोजना गरेको यो १ सय ३० औं शिविर हो । युआरएल स्याङ्जा अध्यक्ष रंगनाथ रेग्मीको अध्यक्षतामा भएको कार्यक्रममा डा वसन्त पंगेनीले पनि बोलेका थिए ।







पश्चिमाञ्चल माविमा लायन्स क्लबद्वारा ‘पिस पोस्टर कन्टेस्ट’
गण्डकी प्रदेश अन्तरगतका सहकारीबाट साढे ५ अर्ब हिनामिना
भैरव मन्दिरमा कात्तिक २६ गतेबाट दर्शन र पूजा सुरु हुने
एनसेलमा ‘डेटासँगै जीवन बिमा’ योजना
कास्की सार्दिखोला समाज, कतारद्वारा माछापुच्छ्रे माविमा छात्रवृत्ति वितरण
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
चियासँगै पाकिरहेको मञ्जुको सपना
जेन–जी आन्दोलनको आगलागीपछि पनि कास्की मालपोतमा ९ क्षेत्रका स्रेस्ता सुरक्षित
तपाईको प्रतिक्रिया