स्याङ्जामा मृत्यु भएका र विदेश गएकाले पनि मत हाले !

पोखरा ।
स्याङ्जा क्षेत्र नं. २ मा अझै मत गणना सुरु हुन सकेको छैन । चापाकोट नगरपालिकामा कांग्रेसले बुथ कब्जा गरेर मतदान गरेको भन्दै एमाले लगायतका दलले विरोध गर्दा मतगणना रोकिएको हो ।
मृत्यु भइसकेका ४७ जनाको नामबाट कांग्रेसले बुथ कब्जा गरेर मतदान गरेको एमालेको आरोप लगाएको छ । अहिले विदेशमा रहेकाहरुको नामबाट समेत भोट हालिएको एमालेले जिकिर गरेको छ ।
मंसिर ४ गते चुनावका दिन स्याङजाको चापाकोट नगरपालिका १ आँधीचौघेरास्थित भानु मावि मतदान केन्द्रमा कांग्रेस र एमालेका प्रतिनिधिबीच विवाद भएको थियो । विवाद साम्य पार्न प्रहरीले हवाइ फायरसमेत गर्नुपरेको थियो ।
स्याङ्जा २ का चार वटा बुथमा पुनः मतदान हुनुपर्ने माग गर्दै एमालेसहितका दलले आन्दोलन गरेका छन् । उनीहरुले निर्वाचन अधिकृतको कार्यालय वालिङमा नारा जुलुससहित उनीहरूले धर्ना दिएका थिए । एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी लगायतका दलले धाँधली भएको आरोप लगाएका हुन् ।
यसबारे निर्वाचन आयोगलाई समेत जानकारी गराइएको छ । स्याङ्जामा सर्वदलीय बैठकसमेत बस्न सकेको छैन । जिल्ला निर्वाचन कार्यालय स्याङ्जा, प्रदेश निर्वाचन कार्यालय, जिल्ला प्रशासन कार्यालय, मुख्य निर्वाचन अधिकृतको कार्यालय, निर्वाचन अधिकृतको कार्यालयलाई बोधार्थ दिँदै चार वटा बुथको मत बदर गरी पुनः मतदान गर्न निर्वाचन आयोगलाई पत्राचार गरिएको छ ।
यो क्षेत्रको प्रतिनिधिसभामा एमाले सचिव पद्या अर्याल र कांग्रेस उपसभापति धनराज गुरुङ मैदानमा छन् । पूर्वमन्त्रीसमेत रहेकी अर्याल यसअघि वाम गठबन्धनको तर्फबाट साझा उम्मेदवार बनी सोही क्षेत्रबाट चुनिएकी थिइन् ।







पश्चिमाञ्चल माविमा लायन्स क्लबद्वारा ‘पिस पोस्टर कन्टेस्ट’
गण्डकी प्रदेश अन्तरगतका सहकारीबाट साढे ५ अर्ब हिनामिना
भैरव मन्दिरमा कात्तिक २६ गतेबाट दर्शन र पूजा सुरु हुने
एनसेलमा ‘डेटासँगै जीवन बिमा’ योजना
कास्की सार्दिखोला समाज, कतारद्वारा माछापुच्छ्रे माविमा छात्रवृत्ति वितरण
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
चियासँगै पाकिरहेको मञ्जुको सपना
जेन–जी आन्दोलनको आगलागीपछि पनि कास्की मालपोतमा ९ क्षेत्रका स्रेस्ता सुरक्षित
तपाईको प्रतिक्रिया