दिप्तीका लागि सहयोगको याचना

समाधान संवाददाता, पोखरा
पोखरा २७ अर्घौ निवासी नवीन जिसीकी ११ वर्षीया छोरी दिप्ती जिसीलाई ब्लड क्यान्सर भएको छ । उनी जीवनमरणको दोसाँधमा भएकाले उपचारका लागि परिवारले सहयोगको याचना गरेको छ ।
करिब १ महिनादेखि भरतपुरको क्यान्सर अस्पतालमा दिप्तीको उपचार भइरहेको छ । उपचारमा आर्थिक अभाव भएपछि परिवारले सबैसँग सहयोगको याचना गरेको हो । पोखरा २७ स्थित डायमण्ड माविको कक्षा ५ मा अध्यनरत जिसीको उपचारको लागि कहिले पोखरा, काठमाडौं लगे । तर भरतपुरमा लैजाँदा ब्लड क्यान्सर भएको थाहा भएपछि नानी बचाउन आर्थिक सहयोगको याचना गर्नुपरेको दिप्तीका हजुरबुबा सूर्यबहादुर जिसीले बताए ।
विभिन्न सामाजिक संघ संस्था र व्यक्तिबाट सहयोग आउने क्रम जारी छ । डायमन्ड माविले शिक्षक, विद्यार्थी तथा अभिभावकबाट संकलित १ लाख ३० हजार तथा राइजिङ स्टार युथ क्लबको सहयोगमा ८५ हजार संकलन गरी पीडित परिवारलाई हस्तान्तरण गरेका छन् ।
दिप्तीको उपचारका लागि सहयोग गर्न चाहनेले कृषि विकास बैकको ०५०८६०१३९४७६२०१५ मा वा सोझै ९८१८४०८९६९ मा सम्पर्क गरेर पनि सहयोग गर्न सकिने बताइएको छ ।







आँखाले देख्दैनन् तर खेल्दैछन् विश्व कप
गाँजा खेती वैधानिकीकरण विधेयक गण्डकी प्रदेश सभामा पेस
सिर्जना बहिरा माविमा तालावन्दी
प्रहरी महानिरीक्षकमा दानबहादुर कार्की
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
मन लोभ्याउने पुनहिल
तपाईको प्रतिक्रिया