बस्यालको रिट खारेजीपछि महानगरलाई होर्डिङबोर्ड हटाउने बाटो खुल्यो

समाधान संवाददाता
बजार नै अस्तव्यस्त देखिने गरी टाँगिएका होर्डिङ बोर्ड हटाउन पोखरा महानगरपालिकालाई बाटो खुलेको छ । महानगरपालिका विरुद्ध परिचय एड्भर्टाइजका सोभित बस्यालसमेतले दायर गरेको रिट उच्च अदालत पोखराले खारेज गरिदिएपछि होर्डिङ बोर्ड हटाउन बाटो खुलेको हो ।
परम्परागत बोर्ड हटाएर डिजिटल बोर्ड राख्न महानगरको चैत ५ गतेको निर्णय विरुद्ध परिचयका बस्यालले चैत १२ मा उत्प्रेषणयुक्त परमादेशसहित अन्तरिम आदेश माग गर्दै रिट दायर गरेका थिए । चैत १३ मा न्यायाधीश रामचन्द्र यादवको एकल इजलाशबाट विपक्षीका नाममा कारण देखाउसहित अन्तरिम आदेश भएपछि महानगरको काम रोकिएको थियो ।
आइतबार दिनभरको बहसपछि न्यायाधीशद्वय विनोद शर्मा र नरबहादुर शाहीको संयुक्त इजलाशले उक्त रिट खारेज गरिदिएको हो । निवेदकको तर्फबाट वरिष्ठ अधिवक्ता यदुनाथ खनाल, अधिवक्ताद्वय दामोदर अधिकारी र स्वागत नेपालले बहस गरेका थिए । महानगरको तर्फबाट वरिष्ठ कानुन अधिकृत नारायण शर्मा र अधिवक्त कमल अर्यालले बहस गरेका थिए ।
सम्पत्तिको हकमा असर पु¥याउने गरी पोखरा महानगरपालिकाले सूचना पठाएकाले निजी सम्पत्तिमाथिको हस्तक्षेपकारी नीति रोकी पाऊँ भन्दै रिट दायर भएको थियो । उद्योग धन्दा व्यवसाय गर्ने हक खोसिएको दाबी रिट निवेदनमा गरिए पनि त्यस्तो अवस्था नदेखिएको भन्दै अदालतले रिट खारेज गरिदिएको हो ।
महानगरले पृथ्वीचोकमा रहेका फ्लेक्स होर्डिङबोर्डका पोस्टर च्याटेर अभियानको सुरु गरेको हो । व्यक्तिगत संरचनामा बनेका होर्डिङबोर्ड बाँकी छाडेर सार्वजनिक ठाउँमा बनेको होर्डिङबोर्ड हटाउन सुरु भएपछि अदालतमा रिट परेको थियो । सार्वजनिक निजी साझेदारीमा डिजिटल होर्डिङ बोर्ड राख्न महानगरले टेन्डर आह्वान गरिसकेको छ । परिचयले पनि टेन्डर फारम भरिसकेको छ ।
पोखरा महानगरले ७१ सालमा पोखरा उद्योग वाणिज्य संघसँग ५ वर्षका लागि होर्डिङबोर्डको सम्झौता गरेको थियो । त्यसबेला महानगरले उवासंघसँग वार्षिक २६ लाख रुपैयाँ पाउनेगरी सम्झौता भएको हो । उवासंघले आफूले काम नगरी अर्कै कम्पनीलाई जिम्मा दिएर रकम असुल्दै आएको थियो । व्यवस्थापनको जिम्मा लिएको संघले काम नगरी अर्कैैलाई दिखए पनि राम्रो काम नभएको भन्दै सर्वत्र आलोचना भइरहेको थियो ।
लिएको सम्झौता अन्य कम्पनीलाई जिम्मा दिएर करोडौं उठाइरहेको थियो । तर, व्यवस्थित थिएन । यसको चौतर्फी आलोचना हुँदै आएको थियो । महानगरले सार्वजनिक निजी साझेदारीमा जाने भन्दै उवासंघसँगको सम्झौता रद्द गर्ने निर्णय १४ महिना अघि नै गरेको थियो ।
महानगरका अनुसार वार्षिक २६ लाख पाउनुपर्ने गरी भएको सम्झौताले घाटा पुगेको र हाल १ करोड रुपैयाँ राजश्व पाउनेगरी टेन्डर निकालिएको हो । यसअघि उवासंघसँग भएको सम्झौताबाट महानगरले करोडौं गुमाउँदै आएको थियो ।
उवासंघले आफूले पाएको सम्झौता अर्को छायाँ एड्भर्टाइजिङ कम्पनीलाई ठूलै रकम पाउने सर्तमा जिम्मा दिएको थियो । उक्त कम्पनीले समेत ठूलै रकम पाउने सर्तमा अन्य कम्पनीलाई ठेक्का दिँदै आएको थियो । पोखराकै परिचयले आकृति एडभर्टाइज्मेन्टलाई वार्षिक करिब २३ लाख हाराहारीमा तिर्दै आएको बताएको छ ।







जेन–जी आन्दोलनमा तोडफोड र लुटपाट गर्ने ४ जना पक्राउ
आन्दोलनका बेला प्रहरी कार्यालयबाटै मोटरसाइकल चोरी गर्ने २ जना पक्राउ
क्रिकेट विकासमा नेपथ्यको साथ
प्रदेशसभा बैठक सोमबार, मुख्यमन्त्रीले संवोधन गर्ने, गाँजा विधेयक पेस हुने
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
मन लोभ्याउने पुनहिल
तपाईको प्रतिक्रिया