बेलायती राजकुमार ह्यारी दम्पतीलाई पुत्रलाभ
समाधान संवाददाता
२०७६ वैशाख २४ गते ७:०४

एजेन्सी
बेलायती शाही परिवारमा नयाँ सदस्यको जन्म भएको छ । राजकुमार ह्यारी पिता बनेका छन् । गएको वर्ष अमेरिकी अभिनेत्री मेगन मर्केलसँग विवाह गरेका ह्यारीले आफू छोराको पिता बनेको जानकारी दिएको बिबिसीसहितका बेलायती सञ्चार माध्यमले जनाएका छन् ।
डचेज अफ ससेक्स अर्थात ह्यारीकी श्रीमती मेगनले स्थानीय समय अनुसार सोमबार बिहान ५ बजेर २६ मिनेट जाँदा छोरा जन्माएकी हुन् । बकिङ्घम राजदरबारका अनुसार बच्चाको तौल ३ दशमलव २ किलोग्राम रहेको छ भने बच्चा जन्मँदा ड्यूक अफ ससेक्स उपस्थित थिए ।
नवजात शिशुको नाम भने सार्वजनिक गरिएको छैन । आफूहरु अझै पनि नामबारे सोचिरहेको राजकुमार ह्यारीले बताएका छन् । राजगद्दिका लागि नवजात शिशु सातौँ स्थानमा छ । छैटौँ स्थानमा ह्यारी रहेका छन् ।
सम्बन्धित







सिर्जना बहिरा माविमा तालावन्दी
प्रहरी महानिरीक्षकमा दानबहादुर कार्की
आन्दोलन छानबिन र दोषीमाथि कारबाहीको माग
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
मन लोभ्याउने पुनहिल
तपाईको प्रतिक्रिया