हरेक लोककथा विश्वभर छन्ः दिवस

पोखरा ।
‘लोककथाबाट चियाउँदा समाजको दर्पण कस्तो देखिन्छ ?’ सहजकर्ता दीपक सापकाटाले कवि तथा संस्कृतिविद् तुलसी दिवसलाई सोधे । १ सय २२ लोककथाको संगालो ‘लोककथा’ बाट प्रचलित मौखिक कथाको संग्रहण गरेका दिवसले लोककथाको महत्वबारे बोले ।
पोखरामा जारी १० औं नेपाल लिट्रेचर फेस्टिभलको सेसन ‘लोककथाको आलोक’मा वक्ता थिए तुलसी दिवस । र सहजकर्ता थिए पत्रकार सापकोटा । दिवसले भने, ‘नेपाल १ सय ४० भन्दा बढी भाषा बोल्ने जातिहरुको सामूहिक स्थल हो । नेपाली बोल्नेको मात्रै होइन ।
सबैको सामूहिक स्थल भएका कारण इतिहासको अवधारणा आमूल परिवर्तन आउने देखिएपछि लोकसाहित्य, संगीत संकलनमात्र हैन, आफ्नो इतिहासलाई पूर्ण रुपमा संकलन गर्न आवश्यक छ ।’
उनी नेपाली लोककथालाई प्रकाशमा ल्याउनका लागि कथा संकलन गरिएको बताउँछन् । ‘भूगोल, संस्कृति फरक हुँदा पनि लोककथा किन एकै हुन्छन् ?,’ सापकोटा सोध्छन् ।
दिवस संसारका मानिस जहाँ भए पनि समान सोच्ने बताउँछन् । न्याउरी मारी पछुतो लोककथा नेपालमा मात्र नभई आइल्यान्डमा पनि फरक पात्रको रुपमा प्रस्तुत भएको उदाहरण उनी दिन्छन् ।
‘हाम्रो न्याउरी मारी पछुतो कथा आइल्यान्डमा पुगेपछि कुकुर मारी पछुतो भयो । किनकि त्यहाँ सर्प नहुँदा, न्याउरीमुसोबाट जे सन्देश दिन खोजेको थियो, त्यो पूरा गर्न कुकुर पात्र राखियो,’ उनी भन्छन्, ‘हरेक लोककथा संसारभरि छन् । पात्र परिवर्तन हुन्छन् । तर कथाको सन्देश एउटै हुन्छ ।’









कांग्रेस विवाद समाधानका लागि वार्ता समिति गठन, आज बिहान ९ बजेसम्म बन्दसत्र स्थगित
मिस्टर एन्ड मिस विश्वकर्मा गण्डकीको उपाधि निश्चल र स्वेच्छालाई
निर्वाचन आउन ५१ दिन बाँकी, समानुपातिकका ८५ उम्मेदवारले नाम फिर्ता लिए
१० औँ पोखरा स्पोर्ट्स अवार्ड वैशाख १८ मा
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया