म्यानमारले रिहा गर्‍यो रोयटर्सका दुई पत्रकार

समाधान संवाददाता २०७६ वैशाख २४ गते १२:४३

एजेन्सी, म्यानमार

म्यानमारले राज्यका गोप्य कागजात कानुनअन्तर्गत जेल हालेका दुई पत्रकारलाई रिहा गरेको छ । समाचार संस्था रोयटर्समा कार्यरत वा लोन र क्याव सई मंगलबार रिहा भएका हुन् ।

उनीहरूले पाँच सय दिनभन्दा बढी समय जेलमा बिताएका थिए । सात वर्ष जेल सजाय तोकिएका उनीहरूलाई अन्तर्राष्ट्रिय समूदाय र कूटनीतिक वृत्तको व्यापक दबावपछि रिहा गरिएको रोयटर्सले जनाएको छ । यी दुई पत्रकारलाई राष्ट्रपति विन मिइन्टले आममाफी दिएका हुन् । म्यानमारमा  अप्रिल १७ देखि सुरू हुने नयाँ वर्षका अवसरमा एक महिनासम्म कैदीहरूलाई राष्ट्रपतिले माफी दिने चलन छ ।

Advertisement

एंगुनको इन्सियन कारागारको गेटमा लोन र क्यावलाई संयौं पत्रकार र शुभचिन्तकले घेरेका थिए ।

‘मेरो परिवार र सहकर्मीलाई भेट्न निकै खुसी र उत्साही छु । म जतिसक्यो चाँडो समचार कक्षमा जानेछु,’  वाले भने ।    

Advertisement

लोन र क्याव २०१७ डिसेम्बरमा पक्राउ परेका थिए । त्यतिबेला उनीहरू पश्चिमी राखिन प्रान्तमा सुरक्षाकर्मीले १० रोहिन्ग्यालाई मारेको घटनाको अनुसन्धानात्मक रिपोर्टिङ गरिरहेका थिए ।

तपाईको प्रतिक्रिया