क्यान्भासमा सिमसार

पोखरा ।
विश्व सिमसार दिवसको अवसर पारेर प्रतिभा माध्यमिक विद्यालयमा १ दिने चित्रकला प्रदर्शनी आयोजना गरिएको छ । विद्यालयको आयोजनमा भएको उक्त प्रदर्शनीमा विद्यार्थीले सिमसार क्षेत्रबारे केन्द्रीत रहेर कोरेका चित्र प्रदर्शनमा राखिएको छ ।
विद्यार्थीले सिमसार क्षेत्र र यसको संरक्षणबारे जानकारी दिने गरी चित्र कोरेका थिए । त्यसबाहेक प्रदर्शनमा नमूना सिमसार क्षेत्रको पनि प्रदर्शनी गरिएको थियो ।
विद्यालयमा कक्षा ११ मा अध्ययनरत विज्ञान संकायतर्फका जीव विज्ञान विषयका विद्यार्थीले सिमसार क्षेत्र र यसको महत्वबारे चित्र कोरेका थिए । विद्यार्थीले कोरेको चित्र विद्यालय परिसरमा प्रदर्शनमा राखिएको थियो ।
कुल ५४ चित्र प्रदर्शनमा राखिएको प्रतिभा माविका जीव विज्ञान विषयका शिक्षक हेमन्त ढकालले बताए । सिमसार र संरक्षणको अवस्थाबारे विद्यार्थीलाई जानकारी दिलाउन आवश्यक भएकाले प्रदर्शनी आयोजना गरिएको हो ।
‘पछिल्लो पुस्तालाई सिमसारको महत्व र संरक्षणबारे उत्तिसारो ज्ञान छैन । सिमसार क्षेत्रको महत्वबारे भावी पुस्ताले पनि थाहा पाउनुपर्छ,’ उनले भने, ‘सिमसार पूर्नस्थापनामा अबको पुस्ताको भूमिका रहनेछ ।’
सिमसार संरक्षणका लागि मानव समुदायका हरेक गतिविधि प्रकृतिप्रेमी बन्नुपर्ने ढकालले बताए । हरेक वर्ष फेबुअरी २ तारिखमा विश्व सिमसार दिवस मनाइन्छ । यो वर्षको सिमसार दिवसको नारा ‘आजको आवश्यकताः सिमसारको पुनस्र्थापना’ छ ।
कार्यक्रममा विद्यालयका प्राचार्य किरण सापकोटाले सिमसारका क्षेत्रमा देखिएका समस्याले गर्दा सबैतिर चिन्ता छाइरहेको बताए । ‘सिमसार क्षेत्रप्रति संवेदनशील हुने बेला भएको छ ।
सिमसार क्षेत्रेको महत्व बुुझाउन नसक्दा सबैतिरबाट अतिक्रमण भइरहेको छ,’ उनले भने, ‘सिमसारप्रति मानवको घनिष्ट सम्बन्ध रहेकाले यसको संरक्षण गर्न आवश्यक छ ।’
प्रतिभा माविले सिमसार दिवसको अवसर पारेर पहिलो पटक यो कार्यक्रम आयोजना गरेको र आगामी दिनमा पनि यस्ता गतिविधिलाई प्राथमिकता दिँदै जाने सापकोटाले बताए ।
कार्यक्रममा सिमसार क्षेत्रको इतिहासको बारेमा कक्षा ११ का प्रतीक ढकाल र सिमसार क्षेत्रको महत्वको बारेमा कविन्द्र आचार्यले प्रस्तुति राखेका थिए ।
कार्यक्रम कक्षा ११ का जीव विज्ञान समूहका विद्यार्थीले नै संयोजन गरेका थिए । कार्यक्रमको अध्यक्षता सिद्धान्त खनालले गरेका थिए ।







आँखाले देख्दैनन् तर खेल्दैछन् विश्व कप
गाँजा खेती वैधानिकीकरण विधेयक गण्डकी प्रदेश सभामा पेस
सिर्जना बहिरा माविमा तालावन्दी
प्रहरी महानिरीक्षकमा दानबहादुर कार्की
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
मन लोभ्याउने पुनहिल
तपाईको प्रतिक्रिया