सामसुङ ग्यालेक्सी एस २३ सिरिज बजारमा

समाधान संवाददाता २०७९ फागुन १ गते ११:०२

पोखरा ।
बहुप्रतीक्षित सामसुङ ग्यालेक्सी एस २३ सिरिज पोखरामा सार्वजनिक गरिएको छ । आइतबार सार्वजनिक सिरिजमा शक्तिशाली क्यामेराका साथै उत्कृष्ट गेमिङ फिचर रहेको कम्पनीले जनाएको छ ।

सामसुङको नयाँ फ्ल्यागसिप ग्यालेक्सी २३ सिरिज अन्तर्गत ३ मोडेल सार्वजनिक भएको छन् । आधारभूत मूल्यमा ग्यालेक्सी एस २३, मध्यम मूल्यमा ग्यालेक्सी २३ प्लस र सिरिजको सबैभन्दा उच्च मूल्यमा एस २३ अल्ट्रा छ ।

एस २३ को नेपाली बजार मूल्य १ लाख २७ हजार ९९९, एस २३ प्लसको १ लाख ५१ हजार ९९९ तथा एस २३ अल्ट्राको मूल्य २ लाख ९ हजार ९९९ तोकिएको छ ।

Advertisement

पोखरामा सिरिजमा समावेश मोडेलको प्रिबुकिङ सुरु भएको छ । सामसुङको यस सिरिजको मुख्य विशेषतामा क्यामरा फिचर्स छ । ग्यालेक्सी एस २३ अल्ट्रामा २ सय मेगा पिक्सलको मुख्य क्यामरा छ । क्यामरामा रहेको एडाप्टिभ पिक्सल सेन्सरका कारण यस मोडेलमार्फत उत्कृष्ट लो लाइट फोटोग्राफी गर्न सकिन्छ ।

लोलाट फोटोग्राफीलाई थप प्रभावकारी बनाउन सामसुङले क्वालकोमसँग सहकार्य गरेको छ । एस २३ अल्ट्रामा रहेको एस्ट्रो हाइपरल्याप्स फिचरले ताराहरुको गति जस्तै केही निश्चित समयको दृश्य खिच्न मिल्छ ।

Advertisement

यसका लागि थप उपकरण प्रयोग गर्नुपर्दैन । सामसुङको यो सिरिज गेमिङका लागि पनि उपयुक्त छ । एस २३ अल्ट्रामा रहेको ५ हजार मिलिएम्पियर आवर क्षमताको ब्याट्री, एस २३ प्लसमा ४ हजार ७ सय र एस २३ मा ३ हजार ९ सय मिलिएम्पियर आवरको ब्याट्री तथा स्नायापड्रागनको ८ गेन २ प्रोसेसर कारण यो गेमिङ सेक्सनमा पनि प्रभावकारी छ ।

सबैभन्दा महंगो मोडेलमा १२ गिगाबाइटको र्‍याम र १ टेराबाइटको मेमोरी उपलब्ध छ । दोस्रोमा १२ जिबीको र्‍याम र ५१२ जिबीको मेमोरी छ भने तेस्रोमा १२ जिबीको र्‍याम र २५६ जिबीको मेमोरी छ ।

ग्यालेक्सी एस २३ प्लसमा एउटा मोडेल ८ जिबीको र्‍याम र २५६ जिबीको मेमोरी तथा अर्काे मोडेलमा ८ जिबी र्‍याम र ५१२ जिबी मेमोरी छ । आधारभूत ग्यालेक्सी एस २३ मा ८ जिबी र्‍याम र १२८ जिबी मेमोरी भएको सस्तो मोडेल तथा ८ जिबी र्‍याम र २५६ जिबी मेमोरी भएको महंगो मोडेल उपलब्ध छ ।

तपाईको प्रतिक्रिया