लेखनाथ महोत्सवको समीक्षा

समाधान संवाददाता २०७९ फागुन ५ गते १७:२७

लेखनाथ ।
पुस ७ देखि १८ सम्म भएको १८ औं संस्करणको लेखनाथ महोत्सवको शुक्रबार समीक्षा भएको छ । महोत्सव लेखनाथको संस्कृति, स्थानीय विकास र समृद्धि भन्ने नाराका साथ महोत्सव भएको थियो ।

यस वर्षको महोत्सवको आकर्षणका रुपमा रहेको पर्यटन प्रवद्र्धनका लागि बेगनासतालको प्रतिबिम्ब, शैक्षिक प्रदर्शनी, ग्रामीण प्रविधि प्रदर्शनी, कृषि प्रदर्शनी, स्टेज कार्यक्रम र उत्कृष्ट स्टल सहभागिता लगायतले महोत्सवलाई अझ भव्य र सभ्य बनाएको सहभागीले बताए ।

लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष छत्रधर आत्रेयको अध्यक्षतामा भएको समीक्षामा निर्देशक समिति, विभिन्न उपसमितिका संयोजक, सहसंयोजक, सल्लाहकार, कार्य सम्पादन समिति, जातजातिका संस्थाका अध्यक्ष एवं प्रतिनिधिले महोत्सवमा सबैको सामूहिक प्रयास र सहभागिताबाट महोत्सव सफल बनेको निष्कर्ष निकालिएको छ ।

Advertisement

लेखनाथ महोत्सवको १९ औं संस्करण आगामी २०८० पुस ५ गते १६ गतेसम्म आयोजना हुने तय भएको छ । कार्यक्रममा संघका महासचिव उपेन्द्रराज सुवेदी (राजु) र प्रथम उपाध्यक्ष राजेन्द्र ओझाले पनि बोलेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया