चन्द्रमाको मृत्यु–दुर्घटना, हत्या कि आत्महत्या ! श्रीमान घर थिएनन्, १० बर्षे छोरीलाई स्कुल पुर्याए किन गइन फेवाताल !!

समाधान संवाददाता २०७६ जेठ ३ गते १६:११

समाधान संवाददाता, पोखरा

पोखराको फेवातालमा शुक्रबार मध्यान्ह मृत भेटिएकी ३५ बर्षीया चन्द्रमा बस्याल पाण्डेयको मृत्युको रहस्य अझै खुल्न सकेको छैन । एक महिलाको शव तालमा तैरिएको अवस्थामा देखिएको खबर पाएपछि घटनास्थल पुगेको वडा प्रहरी कार्यालय बैदामको प्रहरी टोलीले ताल कै किनारा स्थित एक उच्चो ठाउमा उनको ह्याण्ड ब्याग र दोपट्टा फेला पारेको थियो । सोही ब्यागमा नागरिकता समेत रहेको थियो ।

वडा प्रहरी कार्यालय बैदामका प्रहरी नायव उपरिक्षक कोमल शाहका अनुसार नवलपरासी जिल्लाको बर्दघाट स्थायी घर भएकी चन्द्रमा पोखराको रत्नचोकमा श्रीमानसंगै बस्दै आएकी थिइन । उनका श्रीमान लक्ष्मण पाण्डेय निर्माण व्यवसायी (ठेकेदार) हुन । उनीहरुको साथमा १० बर्षकी एक छोरी समेत छन् ।

Advertisement

डिएसपी शाहका अनुसार चन्द्रमाले कक्षा ४ मा अध्ययरत छोरीलाई आफैले स्कुल पुर्याएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । उनका श्रीमान घरमा थिएनन् । उनी बुटबलमा गएका थिए । खाना खाएर छोरीलाई विद्यालय पुर्याएकी चन्द्रमा किन फेवाताल किनारामा पुगिन भन्ने कुरा रहस्यमय भएको प्रहरीको भनाइ छ । घटनाको प्रकृति हेर्दा आत्म हत्या जस्तो देखिए पनि कुनै सुसाइट नोट फेला परेको छैन ।

चन्द्रमाको शरिरमा कुनै चोटपटक देखिदैन । उनको शव पोष्टमार्टमका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा राखिएको छ । बुटबल गएका श्रीमान लक्ष्मण पोखरा आउदैछन् । उनी पोखरा आएपछि उनीहरु बस्ने घर र कोठामा खानतलासी गर्ने प्रहरीले बताएको छ । ‘श्रीमान पोखरा आएपछि अरु अनुसन्धान अघि बढ्छ ।’ डिएसपी शाहले समाधानसंग भने । घटनास्थल पुगेका केही आफन्तले चन्द्रमा डिप्रेशनको रोगी भएको समेत बताएका थिए ।

Advertisement

आफ्नै आमाको हात समातेर विद्यालय भित्र प्रवेश गरेकी १० बर्षीया छोरी टुहुरी भएकी छन् । उनकी आमा अब कहिले नफर्कने गरी गइसकेकी छिन । कक्षा ४ मा अध्ययनरत उनलाई आमाको मृत्युको खबर अझै दिइएको छैन । बाबा पोखरा आइसकेपछि मात्रै घटना बारे जानकारी गराउने पोखरामा उपलब्ध शुभेच्छुकले बताएको प्रहरीको भनाइ छ ।

तपाईको प्रतिक्रिया