बाबा फाउन्डेशनद्वारा सामुदायिक विद्यालयमा शैक्षिक सामग्री वितरण

समाधान संवाददाता, पोखरा
बाबा फाउन्डेसन पोखराले सामुदायिक विद्यालयमा शैक्षिक सामग्री वितरण अभियान जारी राखेको छ । फाउन्डेसनका अध्यक्ष दीलिपराज श्रेष्ठ र उपाध्यक्ष सरिता ताम्राकारको जन्मदिनको सन्दर्भमा शनिबार विभिन्न १२ वटा सामुदायिक विद्यालयमा अध्ययनरत ६० जना विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको फाउन्डेसनले जनाएको छ ।
गरिब तथा जेहेन्दार विद्यार्थीलाई प्रदान गरिँदै आएको शैक्षिक सामग्रीसँगै ‘वातावरणमैत्री र बालमैत्रीका लागि बाबा फाउन्डेसनको अभियान’ नारालाई तीव्रता दिइएको छ । फाउन्डेसनबाट हालसम्म १ हजार १ सय जना विद्यार्थी प्रत्यक्ष लाभान्वित बनेका छन् ।
सरकाले निशुल्क शिक्षाको व्यवस्था गरे पनि शैक्षिक सामग्रीको अभावमा विद्यालय जानबाट वञ्चित विद्यार्थीलाई फाउन्डेसनले ठूलो सहयोग गरेको महतगौंडास्थित जानकी मावि विद्यालय व्यवस्थापन समितिका सदस्य दिलुमाया भण्डारीले जानकारी दिइन् । कार्यक्रममा पोखरा ३ का अध्यक्ष रवीन्द्रबहादुर प्रजुले फाउन्डेसनले शैक्षिक क्षेत्रमा गरेको योगदानको मुक्तकण्ठले प्रशंसा गर्दै शैक्षिक गुणस्तर अभिवृद्धि हुने विश्वास व्यक्त गरेका थिए ।
रोटरी क्लब अफ पोखरा न्युरोडका अध्यक्ष पुष्पकमल पौडेलले विद्यार्थीको शैक्षिक विकासमा सहयोग पुर्याउन फाउन्डेसनले चालेको अभियानमा सकारात्मक भएको प्रतिक्रिया दिए ।
फाउन्डेसनले पोखरा महानगरपालिकाभित्रका ३३ वटै वडामा सम्बन्धित वडा कार्यालयको सिफारिसमा १०÷१० जना विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गर्दै आएको छ । शनिबार मात्र पोखरा महानगरपालिकाका वडा नं १, ३, ९, १४, १७, १९, २६ का विभिन्न सामुदायिक विद्यालयमा अध्ययनरत ६० जना गरिब तथा जेहेन्दार विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको थियो ।







आँखाले देख्दैनन् तर खेल्दैछन् विश्व कप
गाँजा खेती वैधानिकीकरण विधेयक गण्डकी प्रदेश सभामा पेस
सिर्जना बहिरा माविमा तालावन्दी
प्रहरी महानिरीक्षकमा दानबहादुर कार्की
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
मन लोभ्याउने पुनहिल
तपाईको प्रतिक्रिया