पोखरा रोयल सहकारीको ग्लोबल मनी विक

पोखरा ।
पोखरा रोयल सहकारी संस्थाले ‘ग्लोबल मनी विक–२०२३’ सोमबारबाट सुरु गरेको छ । युवामा वित्तीय शिक्षाको महत्वबारे जागरण ल्याउने उद्देश्यले विश्वभर मनाइँदै आएको साप्ताहिक अभियान सहकारीले पहिलोपटक मनाउन सुरु गरेको हो ।
सोमबारदेखि सहकारीले विभिन्न समूह बनाएर युवालाई वित्तीय शिक्षाको महत्वबारे जागरण थालिएको सिइओ भीम गुरुङले जानकारी दिए । सन् २०१२ देखि प्रत्येक वर्षको मार्च महिनामा मनाउने यो सप्ताह कार्यक्रम सहकारीले पहिलोपटक बनाउन लागेको उनको भनाइ छ ।
अर्गनाइजेसन अफ इकोनोमिक कोअपरेसन एन्ड डेभलपमेन्ट (ओइसिडी) को संयोजनमा विश्वका धेरै मुलुकमा यो कार्यक्रम मनाइँदै आएको छ । नेपालमा राष्ट्र बैंकको संयोजनमा, बैंक तथा वित्तीय संस्था, सहकारी विभाग तथा सहकारी संस्था, बिमा प्राधिकरण लगायत संस्थाले यो सप्ताह मनाउँछन् ।
‘नेपाल राष्ट्र बैंकको संयोजक तथा सहकारी विभागको आह्वानमा विशेष गरी १८ वर्षदेखि ४० वर्षकालाई वित्तीय ज्ञान, सीप दिन र विवेकशील वित्तीय निर्णय गर्न अभिप्रेरित गर्ने उद्देश्यले यो कार्यक्रम गर्न लागिएको हो,’ सिइओ गुरुङले भने ।
ग्लोबल मनी विकमा सहभागी हुनेलाई निशुल्क खाता खोल्ने व्यवस्था
सहकारीका पोखरामा ४ वटा सेवा केन्द्र छन् । पोखरा बुद्धचोकमा केन्द्रीय कार्यालय रहेको सहकारीका भण्डारढिक, मोहोरिया, दुलेगौंडामा सेवा केन्द्र छन् । यी सबैबाट युवा लक्षित कार्यक्रम सुरु गरिएको गुरुङले बताए ।
‘यो साप्ताहिक अभियानमा उपस्थित मध्यबाट सयजना युवाहरु समेटेर एक दिने क्लोज क्याम्प गर्छौं,’ उनले भने, ‘समुदायमा व्यक्तिसँग छरिएर रहेको साधनस्रोत एकीकृत गरी सामूहिक रूपमा काम गर्न प्रेरित गर्ने हो ।’ क्लोज क्याम्पमा केन्द्रीय कार्यालयबाट ४० र अन्य सेवा केन्द्रबाट २०÷२० जना गरी सयजना सहभागी गराइने सिइओ गुरुङले सुनाए ।
ग्लोबल मनी विकमा सहभागी हुनेलाई निशुल्क खाता खोल्ने व्यवस्था गरिएको छ । वित्तीय सम्बन्धी चेतानामूलक सामग्री पोस्ट गर्ने, बाल बचतकर्तालाई सेभिङ बक्स वितरण, युवा तथा विद्यार्थीलाई सहकारी भ्रमण र कफी गफ गरिने विभागीय प्रमुख अभिषेक गुरुङले जानकारी दिए । उनका अनुसार अवधिमा कर्मचारी निबन्ध प्रतियोगिता पनि हुनेछ । सुन्दर भविष्यका लागि बचत शीर्षकमा निबन्ध प्रतियोगिता गरिने विभागीय प्रमुख गुरुङले ।
जनमानसमा सहकारीप्रतिको दृष्टिकोण बदल्नुपर्ने सिइओ गुरुङले सुनाए । ‘राम्रा सहकारी कसरी मूल्यांकन गर्ने भन्ने कुरा बुझाउने हो,’ उनले भने, ‘सहकारी भन्ने बित्तिकै नराम्रो हो भन्ने भाष्यलाई तोड्न प्रयास गर्छाैं ।’
पहिलो दिन नै युवाहरुको उल्लेखनीय उपस्थिति रहेको सुपरिवेक्षक नवराज दाहालले जनाकारी दिए । कार्यक्रम अध्यक्ष रुद्रकुमारी गुरुङ, विभागीय प्रमुख विजया श्रेष्ठ उपस्थित थिए । पोखरा रोयल सहकारीले स्याङ्जा, लमजुङ, पर्वत र तनहुँमा आफ्ना सेवाहरु विस्तार गरेको छ ।







जेलबाट छुटेकै दिन पतिद्वारा पत्नीको हत्या
आँखाले देख्दैनन् तर खेल्दैछन् विश्व कप
गाँजा खेती वैधानिकीकरण विधेयक गण्डकी प्रदेश सभामा पेस
सिर्जना बहिरा माविमा तालावन्दी
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
मन लोभ्याउने पुनहिल
तपाईको प्रतिक्रिया