एरोक्स १५५ अल्टिमेटको बिक्री सुरु

पोखरा ।
पोखराका लागि यामाहा मोटरसाइकल र स्कुटरको आधिकारिक वितरक भिएडब्लु इन्टरप्राइजेज प्रालि एमएडब्लु इन्टरप्राइजेजले बहुप्रतिक्षित यामाहा एरोक्स १५५ अल्टिमेट स्कुटर बाइक बिक्री सुरु गरेको छ ।
आइतबार पोखरा रंगशालामा नेपाल पत्रकार महासंघ कास्की अध्यक्ष विमला भण्डारीले एरोक्स १ सय ५५ सार्वजनिक गरेकी हुन् । उनले यामाहाले विगतदेखि नै ग्राहकको रोजाईंमा केन्द्रित भएर सेवा सुविधा दिँदै आएको बताइन् ।
सो अवसरमा इन्टरप्राइजेजका रिजनल म्यानेजर राम बोगटीले एरोक्स १५५ नेपालको स्कुटर बजारमा नयाँ मोड भएको दाबी गरे । यसले नयाँ र अनुभवी राइडर दुवैका लागि परफर्मेन्स, स्टाइल, राइडिङ एक्सपेरियनस लागिस्ट्यान्डर्ड स्थापित गरेको उनको भनाइ छ । यामाहा एरोक्स १५५ को शक्तिशाली इन्जिन, अत्याधुनिक प्रविधि र आकर्षक डिजाइनका कारण नेपालका २ सवारी साधन प्रेमीले यसलाई राम्रोसँग स्वीकार गर्ने उनले बताए ।
एरोक्स १५५ मा गति र शक्तिको सम्मिश्रण रहेको कम्पनीले बताएको छ । बोगटीले विशिष्ट र स्लिक एरोडायनामिक स्पोर्टी डिजाइनको साथ प्रदर्शन, शैली र सवारी अनुभवका लागि यसले नयाँ मानक सिर्जना गर्ने कम्पनीको दाबी छ ।
एरोक्स १५५ को ५.८ इन्च एलसीडी इन्स्ट्रुमेन्ट स्क्रिनले स्पिडोमिटर, आरपीएम र भीभीडब्ल्यु सूचकहरू प्रदर्शन गर्दछ, जसले सडकमा हुँदा महत्वपूर्ण जानकारी ट्रयाक गर्न सहज बनाउँछ । यामाहा एरोक्स १५५ फराकिलो छ र सिटमुनि २४.५ लिटरको स्टोरेज पनि उपलब्ध छ ।
कम्पनीका अनुसार यामाहा एरोक्स १५५ रेसिङ ब्लु, ग्रे वर्मिलियन र मेटालिक ब्ल्याक कलरमा उपलब्ध छन् । जसको मूल्य ४ लाख ७४ हजार ९ सय रुपैयाँ छ । यामाहाका आधिकारिक सोरूमहरूबाट यी स्कुटर किन्न र बुक मिल्छ । यसको १५५ सिसीको ‘आर’ डिएनए इन्जिनले १५ पिएस पावर दिन्ने कम्पनीले जनाएको छ ।
यसले गति र शक्तिको उचित सन्तुलन अनुभूति दिने बताइन्छ । अगाडिको एलइडी हेडलाइटले राति पनि उत्कृष्ट भिजिबिलिटि प्रदान गर्दछ भने पछाडिको टेल लाइटमा बाह्र कम्प्याक्ट एलइडी छन् । स्कुटरमा यमाहा वाइ कनेक्ट जडित छ, जुन चालकको स्मार्टफोनमा सम्बन्धित एपमार्फत जडान गर्न सकिन्छ । यसले मर्मतको समय, खराबीका सूचनाहरू, माइलेज, ब्याट्रीको स्तर, पार्किङ स्थान जस्ता कुरा ट्रयाक गर्न सहज बनाउँछ ।







जेलबाट छुटेकै दिन पतिद्वारा पत्नीको हत्या
आँखाले देख्दैनन् तर खेल्दैछन् विश्व कप
गाँजा खेती वैधानिकीकरण विधेयक गण्डकी प्रदेश सभामा पेस
सिर्जना बहिरा माविमा तालावन्दी
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
मन लोभ्याउने पुनहिल
तपाईको प्रतिक्रिया