बेगनासमा फिस फेस्टिबल सुरु

समाधान संवाददाता
पोखरा
कास्कीको बेगनासताल ड्यामसाइडमा पाँचौ संस्करणको फिस फेस्टिबल शनिवारदेखि सुरु भएको छ । गण्डकी प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री लेखबहादुर थापामगरले महोत्सव उद्घाटन गरे । लेखनाथ क्षेत्रलाई माछाको हबका रुपमा विकास गर्ने गरी प्रदेश सरकारले योजना ल्याएको उनले उल्लेख गरे ।
मन्त्री थापा मगरले लेखनाथमा माछाका लागि जलाशय प्रशस्त रहेको जनाउँदै गण्डकी प्रदेशलाई माछामा आत्मनिर्भर हुने गरी आगामी वर्षमा बजेट व्यवस्था गरिने जनाए । उनले कृषिका परियोजनामा मनपरी ढंगले बजेट विनियोजन नगरिएको स्पष्ट पार्दै कृषक लक्षित कार्यक्रममा मात्रै खर्च गरिएको उल्लेख गरे ।
मन्त्री थापाले पर्यटन उद्योगको मेरुदण्ड कृषि भएकाले कृषि उपजको बजारीकरणका लागि होटल व्यवसायीले खरिद गरेर प्रवद्र्धन गर्नुपर्नेमा जोड दिए । कृषकलाई प्रोत्साहन गर्नका लागि लेखनाथमा खसी बजार सञ्चालन र कोल्ड स्टोर्स निर्माण गर्न लागिएको उनले बताए ।
गण्डकी प्रदेशका अर्थ तथा विकास समिति सभापति दीपक कोइरालाले पोखराको पर्यटनको विकासका लागि लेखनाथमा रहेका ७ ताललाई फरक फरक विशेषतासहितको योजना निर्माण गर्नुपर्नेमा जोड दिए ।
कोइरालाले ७ ताललाई जोड्ने गरी लिकरोडको निर्माण भइरहेको उल्लेख गरे । उनले रुपा गाउँपालिकाका सबै वडालाई जोड्ने गरी सडक सञ्जाल निर्माण भइरहेको उल्लेख गरे ।
फेस्टिबल मुल आयोजक समिति संयोजक एवं होटल तथा रेस्टुरेन्ट एसोसियसन लेखनाथका अध्यक्ष कृष्णप्रसाद तिमिल्सिनाको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा जिल्ला समन्वय समिति उपप्रमुख सावित्री भण्डारी, पोखरा ३१ का वडाध्यक्ष कमलबहादुर थापा, बेगनास युवा क्लबका अध्यक्ष रामबहादुर रानाभाट, बेगनासताल महिला समूहका अध्यक्ष दुर्गा अधिकारी, मत्स्य व्यवसायी समिति कास्की अध्यक्ष दयाराम तिवारी लगायतले महोत्सवका विषयमा बोलेका थिए ।
महोत्सवमा कृषि, जैविक, तरकारी, जडिबुटी, माछा, पर्यटन र खानाका विभिन्न प्रकारका ५० भन्दा बढी स्टल राखिएको छ । बालउद्यान र विभिन्न सांस्कृतिक कार्यक्रमसमेत फेस्टिबलमा समावेश गरिएका छन् । महोत्सवका जेठ २० गतेसम्म हुने प्रचारप्रसार समिति संयोजक दामोदरभक्त थापाले बताए ।







जेन–जी आन्दोलनमा तोडफोड र लुटपाट गर्ने ४ जना पक्राउ
आन्दोलनका बेला प्रहरी कार्यालयबाटै मोटरसाइकल चोरी गर्ने २ जना पक्राउ
क्रिकेट विकासमा नेपथ्यको साथ
प्रदेशसभा बैठक सोमबार, मुख्यमन्त्रीले संवोधन गर्ने, गाँजा विधेयक पेस हुने
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
मन लोभ्याउने पुनहिल
तपाईको प्रतिक्रिया