दलसिंको आरन चलिरह्यो, जीविका चलेन

कृष्ण न्यौपाने
तनहुँको भानु नगरपालिका ५ मैवलका दलसिं विक आरन पेसा संकटमा परेपछि चिन्तित छन् ।
पुख्र्यौली पेसाको रुपमा आरनबाट परिवार पाल्न नसक्ने स्थिति आएपछि विक चिन्तित बनेका हुन् । पुर्खादेखि गर्दै आएको आरन पेसाले परिवार पाल्न गाह्रो भएपछि उनी पेसाबाट नै विस्थापित हुने अवस्थामा पुगेका छन् ।
लामो समयदेखि हसिया, खुर्पा, बन्चरो बनाएर परिवार पाल्दै आएका विकले बजारमा आएको आधुनिक सामग्रीका कारण आफ्नो पेसा संकटमा परेको जानकारी दिए । उनले भने, ‘बजारमा आधुनिक हातहतियार र भाँडाकुडा भित्रिने क्रम बढेसँगै पेसा नै संकटमा पर्न थालेको छ । आजभोलि काम पनि पाउन छाडियो ।’ बजारमा भित्रिएका आधुनिक सामानका कारणले आफूले बनाउँदै आएको हँसिया, खुर्पा लगायत बिक्री हुन छाडेको उनको गुनासो छ ।
उनले भने, ‘विगतमा यही पेसाबाटै राम्रोसँग घरखर्च चलिरहेको थियो । तर, अहिले सामग्री नै बिक्री हुन छाडेपछि दोधारमा परेको छु ।’ फलामलाई आगोमा पगालेर बनाइने सामग्री र बजारमा आयातित सामग्रीको गुणस्तरमा धेरै नै फरक भएता पनि त्यसको महत्व नबुझेर उपभोक्ताले आयातीत सामग्री प्रयोग गर्न थालेको उनको गुनासो छ ।
सस्तो मूल्यमा बिक्री गर्ने उद्देश्यले बजारमा आएका सामग्री र आफूले बनाएको सामग्रीको गुणस्तर धेरै फरक रहेको उनको दाबी छ । ‘तर, मानिसले त्यसको महत्व नबुझेर सस्तोमा सामग्री किन्न थालेका छन्,’ उनले भने ।
विगतमा यही पेसाको माध्यमबाट परिवार पाल्दै आए पनि अबको पुस्ता यो पेसाबाट बाँच्न नसक्ने अवस्थामा पुगेको उनको भनाइ छ । फलामलाई कोइलामा ताप दिएर आकार प्रकार दिएर बनाइने खुर्पा लगायतका औजार बलियो भए पनि समयको परिवर्तनसँगै विस्थापित भएर जाने क्रममा रहेको उनी बताउँछन् ।
यो पेसाबाट मासिक २ हजार पनि कमाउन नसकिने भएपछि जीवनयापनका लागि अब के गर्ने भन्ने चिन्ता थपिएको उनले बताए । उनले भने, ‘विगतमा यही पेसाबाट राम्रो आम्दानी हुन्थ्यो, तर अहिले महिनाको २ हजार पनि कमाई हुँदैन ।’







जेन–जी आन्दोलनमा तोडफोड र लुटपाट गर्ने ४ जना पक्राउ
आन्दोलनका बेला प्रहरी कार्यालयबाटै मोटरसाइकल चोरी गर्ने २ जना पक्राउ
क्रिकेट विकासमा नेपथ्यको साथ
प्रदेशसभा बैठक सोमबार, मुख्यमन्त्रीले संवोधन गर्ने, गाँजा विधेयक पेस हुने
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
मन लोभ्याउने पुनहिल
तपाईको प्रतिक्रिया