पोखरा आयो यामाहाको एफजी भी ३

समाधान संवाददाता
पोखरा
नेपालका लागि यामाहाको आधिकारिक बिक्रेता एमएडब्लु इन्टरप्राइजेजले राष्ट्रव्यापी यात्रा ‘फिल द थ्रिल’ सुरु गरेको छ । आइतबार पोखराबाट सुरु भएको रोड सोमा गायक अल्मोडा राना उप्रेती र धर्मेन्द्र सेवानको प्रस्तुतिबीच नयाँ मोटरसाइकल यामाहा एफआइ भी ३ सार्वजनिक गरिएको छ ।
रोड सोमा अल्मोडाले ‘पानी पर्यो’, ‘माया माया’, ‘दिलको भित्तामा’ र ‘यति यति पानी’ बोलका गीत गाएर दर्शक, स्रोतालाई नचाए । धर्मेन्द्र सेवानले ‘हेर्दा राम्रो’, ‘दिलै जलायौ’, ‘रेशम फिरिरि’ बोलका प्रस्तुति सुनाए । पोखरा सभागृहमा भएको कार्यक्रम नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य रामकृष्ण ज्ञवाली र नेपाली युवा उद्यमी मञ्चका अध्यक्ष वैभव पौडेलले संयुक्त रुपमा सुरुआत गरे ।
कार्यक्रममा यमाहा राइड आउट उइथ रोडिजमा सहभागी पोखरेली युवा ज्ञानेन्द्रविक्रम शाह, सन्दीप क्षेत्री र विशाल अर्यालले यमाहा मोटरसाइकलका बारेमा आफ्ना अनुभव सुनाए । कार्यक्रम विश्वकमा अटो वक्र्सका प्रोपाइटर सरोज श्रेष्ठको अध्यक्षतामा भएको हो ।
केही समयअघि नेसनल लन्च भएको यो मोटरसाइकलले युवाको मन जितिसकेको कम्पनीको दाबी छ । एफजीएस–एफआइ भी ३.० अत्याधुनिक ‘एफआई’ (फ्युल इन्जेक्सन) प्रविधि र ‘एबीएस’ (एन्टिलक ब्रेकिङ सिस्टम) दुवै भएको १ सय ५० सिसी सेग्मेन्टकै पहिलो मोटरसाइकल हो ।
नयाँ मोटरसाइकलको सार्वजनिकीकरणले यामाहा आफ्ना ग्राहकको सुरक्षा तथा सबै खाले मौसम र सडक अवस्थामा पनि अद्वितीय ‘राइडिङ एक्सपिरियन्स’ दिलाउन प्रतिबद्ध भएको कम्पनीको दाबी छ । यसमा १ सय ४९ सिसीको ‘सिंगल–सिलिन्डर र फ्युल–इन्जेक्टेड ब्लुकोर इन्जिन’ छ । जसले अधिकतम १३.२ बिएचपी पावर र १२.८ एनएम टर्क उत्पन्न गर्छ । यसमा ५ स्पिड गियरबक्स छ भने अगाडि ४१ एमएमको टेलिस्कोपिक फर्क र पछाडि मोनो सक प्रयोग गरिएको छ । यसका फ्रन्ट र ब्याक दुवै पांग्रामा डिस्क ब्रेक छन् ।
नयाँ मोटरसाइकलको फ्युल ट्यांक क्षमता १२.८ लिटर छ । यो बाइक म्याट ब्लु, म्याट ब्ल्याक र ग्रे सायन गरी ३ रंगमा उपलब्ध छ । नयाँ एफजी भी ३.० मा नयाँ फुल एलइडी डुअल पड हेडल्याम्प युनिट र ‘प्रिमियम क्रोम फिनिस भएको नयाँ मस्कुलर फ्युल ट्यांक छ ।







आँखाले देख्दैनन् तर खेल्दैछन् विश्व कप
गाँजा खेती वैधानिकीकरण विधेयक गण्डकी प्रदेश सभामा पेस
सिर्जना बहिरा माविमा तालावन्दी
प्रहरी महानिरीक्षकमा दानबहादुर कार्की
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
मन लोभ्याउने पुनहिल
तपाईको प्रतिक्रिया