रासायनिक कम प्रयाेग गरी तरकारी फलाउन कृषकलाई तालिम

समाधान संवाददाता २०७६ जेठ २० गते १४:००

समाधान संवाददाता
पोखरा

तराकारीमा रासायनिक कम प्रयोग गर्न सिकाउन पोखरामा कृषकलाई तालिम दिइएको छ । कारितास नेपालको आयोजनामा पोखराका २ वटा वडाका कृषकलाई प्रयोगात्मक रुपमा तालिम दिएको हो । माघबाट सुरु भएको तालिम शनिबार सकिएको हो ।

कृषकलाई विउ दिएर लहरे बाली लगाउँदादेखि तरकारी फलेसम्म लाग्ने रोग कीरा र त्यसको निदानका बारेमा प्रयोगात्मक तालिम दिएको कारितास नेपाल फिल्ड कार्यलयका प्रमुख शोभा आचार्यले जानकारी दिइन् । उनले कृषकलाई कुन समयका कुन कीरा लाग्छ र त्यसका लागि जैविक विषादी के हुन सक्छ भन्नेबारेमा जानकारी दिइएको बताइन् । जैविक विषादी बनाउने तरिका पनि उनीहरुलाई सिकाइएको छ ।

Advertisement

आइपिएम अभिमुखीकरण तालिम समापन कार्यक्रममा अमला बिसाउनी पोखरा महानगर पालिका १६ र कोलपाटन आइपिएम अभिमुखिकरण कृषक समूह पोखरा महानगरपालिका १५ का किसानलाई प्रमाणपत्र वितरण गरिएको छ । कार्यक्रममा पोखरा १६ का वडाध्यक्ष जीवन आचार्य र कारितास नेपाल फिल्ड कार्यलयका प्रमुख शोभा आचार्यले विषादी भएको तकारी खाँदा मानव स्वास्थ्यमा पर्ने असरबारे सचेत गराए ।

कृषि सञ्जालका अध्यक्ष सुभास अधिकारी, कृषि सञ्जालका पूर्व अध्यक्ष जितबहादुर बस्नेत, कारितास नेपाल फिल्ड कार्यालयका आइपिएम प्राविधिक अधिकृत हिममाया भण्डारी लगायतले सिकेका कुरा व्यवहारमा लागु गर्न आग्रह गरे । लक्ष्मी पौडेलको अध्यक्षतामा कार्यक्रम भएको हो ।

Advertisement

पोखरा १५ को समापन कार्यक्रममा पोखरा महानगरपालिका वडा नम्बर १५ का वडा अध्यक्ष प्रकाश पौडेल, मेरील्याड किड्स मन्टेसरीका प्रिन्सिपल सीता तिमिल्सिना, कारितास नेपाल क्षेत्रीय कार्यालय तालिम केन्द्रका प्रमुख दुर्गा लामा, कारितास नेपाल फिल्ड कार्यालका आइपिएम प्राविधिक अधिकृत हिममाया भण्डारी, मुक्तिनाथ पौडेल, बविता गुरुङ लगायतले बोलेका थिए । कार्यक्रम अम्बादेवी पराजुलीको अध्यक्षतामा भएको हो ।

तपाईको प्रतिक्रिया