पहिरो पन्छ्याएपछि भर्खरै बेनी—जोमसोम सडक सूचारु
समाधान संवाददाता
२०८० भदौ ९ गते १५:१५

जोमसोम— कालिगण्डकी करिडोर (बेनी—जोमसोम—कोरला) सडक आयोजनाले म्याग्दी स्थित गुईठेमा खसेको पहिरो पन्छ्याएपछि शनिबार अपरान्हबाट मुस्ताङ सिधा पहुँचमार्ग सडक संञ्चालनमा आएको छ ।
मौसम सुधारन्मुख भएसंगै आयोजनाले सडक उपकरण प्रयोग गरी अवरुद्ध सडकको पहिरो पन्छ्याएको आयोजना प्रमुख जगत प्रजापतीले जानकारी दिए ।
यसअघि शुक्रबार म्याग्दी प्रशासनले बेनी—जोमसोम सडकमा पहिरोको जोखिम कायम रहेको भन्दै अतिआवश्यक कामकाज बाहेक एक सातासम्म यात्रा नगर्न सर्वसाधारण नागरिकलाई अनुरोध गरेको थियो ।
सडक सूचारु भएसंगै गोईठे सडकमा अवरुद्ध सवारी साधनहरु गन्तब्यमा प्रस्थान गरेका छन् । लोमा समय देखि निरन्तर सडक अवरुद्ध हुँदा मुस्ताङमा खाद्यान्न तथा पेट्रोल पदार्थको अभाव भएको थियो ।
सम्बन्धित
तपाईको प्रतिक्रिया