सुजुकी स्कुटरको ब्रान्ड एम्बेसडरमा मिस नेपाल २०१८ शृंखला खतिवडा

समाधान संवाददाता, पोखरा
मिस नेपाल तथा मिस वल्र्डमा मल्टिमिडिया र ब्युटी विथ पर्पस अवार्ड विजेता शृंखला खतिवडालाई ब्रान्ड एम्बेसडरमा मनोनयन भएकी छन् । सुजुकीका लागि नेपालको आधिकारिक आयातकर्ता तथा बिक्रेता भिजी अटोमोबाइल्स प्रालिले आफ्नो स्कुटर रेन्ज (बर्गम्यान, एक्सेस र लेट्स) का लागि २०१८ कि मिस नेपाल विजेता खतिवडालाई मनोनयन गरेको हो ।
सुजुकीले आफ्नो स्कुटर ब्रान्ड बर्गम्यान, एक्सेस र लेट्सले बजार प्रवद्र्धनका साथै जनमानसमा ब्रान्डप्रतिको विश्वासलाई अझ उचाइमा पुर्याउन सक्ने विश्वासका साथ शृंखला खतिवडालाई मनोनयन गरेको भिजी अटोमोबाइल्सले जनाएको छ ।
छोटो समयमा उपभोक्ताको मन जित्न सफल बर्गम्यान र एक्सेस स्कुटर १ स्टाइलिस स्कुटर भएको साथै १२५ सिसीको पावरफुल इन्जिनका साथै आकर्षक फिचर भएकाले ग्राहकको मनमा बस्न सफल रहेको प्रालीको दावी छ । ब्युटी विथ ब्रेनको अवधारणा अनुसार मिस नेपाल र सुजुकी स्कुटरको सहकार्य आउने वर्षमा अझ प्रगाढ हुने कम्पनीले विश्वास लिएको छ ।







जेन–जी आन्दोलनमा तोडफोड र लुटपाट गर्ने ४ जना पक्राउ
आन्दोलनका बेला प्रहरी कार्यालयबाटै मोटरसाइकल चोरी गर्ने २ जना पक्राउ
क्रिकेट विकासमा नेपथ्यको साथ
प्रदेशसभा बैठक सोमबार, मुख्यमन्त्रीले संवोधन गर्ने, गाँजा विधेयक पेस हुने
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
मन लोभ्याउने पुनहिल
तपाईको प्रतिक्रिया