पोखरामा सिट्रोनको सोरुम, विद्युतीय गाडी बिक्री सुरु

पोखरा ।
पोखरामा सिट्रोन कारको सोरुम सञ्चालनमा आएको छ । पोखरा क्षेत्रका लागि आधिकारिक बिक्रेता एसएसएल मोटर्सको सोरुम पोखराको नयाँबजारमा औपचारिक रुपमा सञ्चालनमा आएको हो । यातायात व्यवस्था कार्यालय सवारी गण्डकीका कार्यालय प्रमुख डिल्लीराज रिज्याल र सिट्रोनका लागि नेपालको आधिकारिक बिक्रेता सांग्रिला मोटर्स प्रालिका एसिस्टेन्ट जनरल म्यानेजर किरण श्रेष्ठले बिहीबार सोरुमको उद्घाटन गरेका हुन् ।
शोरुमको उदघाटनसँगै नेपाली बजारमा उपलब्ध सिट्रोनका विद्युतीय गाडीको बिक्री सुरुआतसमेत गरिएको छ । पोखरामा सिट्रोन ई–सी ३ र सी ३ को बिक्री सुरुआत गरिएको हो । पछिल्लो समय विद्युतीय गाडीप्रति ग्राहकको आकर्षण बढिरेको सन्दर्भमा सिट्रोनको उपस्थितिले धेरैलाई आकर्षित गर्ने कम्पनीले विश्वास लिएको छ । पोखरामा सार्वजनिक भएका सिट्रोन गाडीको टेस्ट्र ड्राइभसमेत सुरु भएको एसएसएल मोटर्सका प्रबन्ध निर्देशक शिव बरालले जानकारी दिए ।
सिट्रोन ई–सी ३ को लाइभ भेरिन्टको मूल्य ३२ लाख ९९ हजार रुपैयाँ कायम गरिएको छ । फिल भेरियन्टको मूल्य ३४ लाख ९९ हजार रुपैयाँ कायम गरिएको छ । विद्युतीय गाडीमा २९.२ किलोवाट आवरको ब्याट्री र ४२.५ किलोवाटको मोटर जडान गरिएको छ । यसको पावर ५७ एचपी र टर्क १४३ एनएम छ । यसलाई एकपटक फुल चार्ज गरेपछि ३२० किलोमिटर गुडाउन सकिन्छ । ३।३ किलोवाटको एसी चार्जरले १० घन्टा ३० मिनेटमा फुल चार्ज गर्न सकिने ई–सी३ लाई डीसी फास्ट चार्जरको साहयतामा ५७ मिनेट भित्रै ८० प्रतिशत चार्ज गर्न सकिन्छ ।
‘राम्रो फिचरसहितको गाडी पोखरामा उपलब्ध गराउन हामी सफल भएका छौं,’ उनले भने, ‘टेस्ट ड्राइभ गरेर गाडीबारे जानकारी लिन सक्नुहुन्छ ।’ पोखरा क्षेत्रमा सिट्रोन ई–सी३ लोकप्रिय हुुने उनले विश्वास व्यक्त गरे । बिक्री पछिको सेवालाई प्राथकिता दिदै पोखरा १० औद्योगिक क्षेत्रमा सर्भिस सेन्टरसमेत विस्तार गरिसकिएको बरालले जानकारी दिए । ‘हामी हाम्रा ग्राहकको सुविधालाई पहिलो प्राथमिकतामा राख्छौं,’ उनले भने ।
अत्याधुनिक प्रविधि र कनेक्टिभिटी सुविधाहरू सहितको ई–सी३ मा टचस्क्रिन इन्फोटेनमेन्ट प्रणाली, स्मार्टफोन इन्टिग्रेसन र ड्राइभर–असिस्ट सिस्टमहरू छ । सो कारलाई १०७ किलोमिटर प्रतिघन्टाको उच्च गतीमा हाँक्न सकिन्छ । यसमा रिजेनेरेटीभ ब्रेकिङ सिस्टमसहित इको र स्ट्याण्डर्ड गरी दुई ड्राइभिङ मोड पाउन सकिन्छ ।
अत्याधुनिक प्रविधि र कनेक्टिभिटी सुविधाहरू सहितको ई–सी३ मा टचस्क्रिन इन्फोटेनमेन्ट प्रणाली, स्मार्टफोन इन्टिग्रेसन र ड्राइभर–असिस्ट सिस्टमहरू रहेको छ जसले सुविधा, मनोरञ्जन र सुरक्षा प्रदान गर्दै समग्र ड्राइभिङ अनुभव निखार्दछ ।
कम मूल्यमा धेरै फिचरहरु सहितको विद्युतीय गाडी खोज्ने पर्यावरण–सचेत उपभोक्ताहरूका लागि सिट्रोन ई–सी३ एक आकर्षक रोजाई हो । यसको दमदार पर्फमेन्स, स्टाइलिश डिजाइन, दिगोपन, अत्याधुनिक प्रविधि र आकर्षक मूल्यले विद्युतीय गतिशीलता र लक्जरीलाई आम मानिसको सहज पहुँचमा ल्याएको छ । नेपालका लागि सिट्रोनको आधिकारिक वितरक सांग्रिला मोटर्स प्रालि हो ।
विशेष छुट उपलब्ध
सिट्रोनको गाडी खरिदमा विशेष छुट पाउन सकिने भएको छ । कम्पनीले फेस्टिभ स्किम २०८० अन्तर्गत विशेष छुट प्रदान गरेको हो । सिट्रोनका गाडीहरु बुकिङ गर्ने ग्राहकको आकर्षक नगद छुटका साथै निःशुल्क बीमा र निःशुल्क करको सुविधा पाउने छन् ।







आँखाले देख्दैनन् तर खेल्दैछन् विश्व कप
गाँजा खेती वैधानिकीकरण विधेयक गण्डकी प्रदेश सभामा पेस
सिर्जना बहिरा माविमा तालावन्दी
प्रहरी महानिरीक्षकमा दानबहादुर कार्की
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
मन लोभ्याउने पुनहिल
तपाईको प्रतिक्रिया