सिटिजन्स बैंक–दराज सहकार्य

पोखरा ।
दसैंको अवसरमा ग्राहकलाई विशेष छुट प्रदान गर्ने उद्देश्यका साथ सिटिजन्स बैंकले दराजसँग समझौता गरेको छ । सिटिजन्स बैंकका पदाधिकारी र दराजका प्रतिनिधिबीच बिहीबार काठमाडौं यसबारे सम्झौतामा हस्ताक्षर भएको छ ।
सम्झौता असोज १७ गतेबाट लागू हुने छ । दराजका पेमेन्ट म्यानेजर जोनाम भुर्तेल र बैंकका प्रमुख मास बैंकिङ अफिसर रोशन मानन्धरले सम्झौतामा हस्ताक्षर गरेका हुन् । अब सिटिजन्स बैंकको डेबिट कार्ड प्रयोग गरी प्रिपेमेन्ट गर्ने ग्राहकले अधिकतम १ हजार ५ सम्म छुट पाउनेछन भने क्रेडिट कार्ड प्रयोग गर्ने ग्राहकले अधिकतम २ हजारको छुट प्राप्त गर्ने छन् ।
यो अफरको लाभ लिन ग्राहकले दराज एप वा वेबसाइटमार्फत सिटिजन्स बैंकका भौचर संकलन गर्नुपर्नेछ, जुन खरिद प्रक्रियामा आफैं लागू हुनेछ ।
बैंकले डिजिटल बैंकिङ माध्यमहरुको प्रयोगलाई बढाउन र ग्राहकलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय समयमा ग्राहकमैत्री सुविधा सञ्चालनमा ल्याउँदै आएको छ । डिजिटल कारोबार गर्दा पाइने छुटसम्बन्धी विस्तृत विवरण सिटिजन्स बैंकको वेबसाइटमा प्राप्त गर्न सकिनेछ ।
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी १ सय ८८ शाखा, १ सय ४८ एटिएम, ३ विस्तार काउन्टर र ९७ शाखारहित बैंकिङ इकाइबाट १६ लाख ५० हजारलाई सेवा दिइरहेको छ ।







आँखाले देख्दैनन् तर खेल्दैछन् विश्व कप
गाँजा खेती वैधानिकीकरण विधेयक गण्डकी प्रदेश सभामा पेस
सिर्जना बहिरा माविमा तालावन्दी
प्रहरी महानिरीक्षकमा दानबहादुर कार्की
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
मन लोभ्याउने पुनहिल
तपाईको प्रतिक्रिया