
मुस्ताङ ।
उपल्लो मुस्ताङ जाने प्रवेशद्धार नजिक आईतबार पर्यटक लक्षित सूचना बोर्ड राखिएको छ । अन्नपूर्ण संरक्षण क्षेत्र तथा निषेधित तथा नियन्त्रित क्षेत्र उपल्लो मुस्ताङ जाने पहुँचमार्ग सडकमा आन्तरिक तथा बाह्य पर्यटकहरुले पालना गर्नुपर्ने विभिन्न नियम उल्लेख गरिएको पर्यटक सूचना बोर्ड राखिएको हो ।
राष्ट्रिय प्रकृति संरक्षण कोष,अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना, ईलाका संरक्षण कार्यालय मुस्ताङ र जिल्ला प्रहरी कार्यालय मुस्ताङको संयुक्त आयोजनामा वारागुङ मुक्तिक्षेत्र—३ छुसाङ स्थित ईलाका प्रहरी कार्यालय छुसाङमा पर्यटक सूचना बोर्ड स्थापना गरिएको जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी नायब उपरीक्षक भोजराज पाण्डेले जानकारी दिए । उपल्लो मुस्ताङको लोमान्थाङ लगायतका निषेधित तथा नियन्त्रित क्षेत्र तथा उपल्लो मुस्ताङको संरक्षण क्षेत्रमा भ्रमणमा जाने पर्यटकहरुलाई लक्षित गरी पर्यटक सूचना बोर्ड स्थापना गरिएको प्रहरी नायब उपरीक्षक पाण्डेले बताए ।
उपल्लो मुस्ताङको सीमावर्ती क्षेत्रको एरियामा घुम्न जाने भारतीय मुलुकका नेपाली भाषी पर्यटकले आफुहरु नेपाली पर्यटक हुँ भन्दै जाने गरेको पाईएकाले उपल्लो मुस्ताङको प्रवेशद्धार छुसाङमा पर्यटक सूचना बोर्ड राख्नु परेको जिल्ला प्रहरी कार्यालय मुस्ताङको भनाई छ । उपल्लो मुस्ताङ जाने पर्यटकले नेपाल सरकार अध्यागमन विभागबाट १० दिनका लागि ५ सय डलर रोयल्टी तिरेपछि मात्र प्रवेश अनुमती पाउँने नियम छ । अवैंध रुपमा उपल्लो मुस्ताङ जाने विदेश पर्यटकलाई प्रहरीले पक्राउ गरी कानुनी दायरामा ल्याउने गरिएको छ ।
यसअघि गत मंसिरमा म्याग्दी र मुस्ताङको प्रवेशद्धार घाँसामा पर्यटक सूचना बोर्ड स्थापना गरिएको थियो ।अन्नपूर्ण संरक्षण अन्तर्गत मुस्ताङ भ्रमण गर्ने पर्यटकलाई पर्याप्त सूचना दिएर उनीहरुको यात्रालाई सहज बनाउन सूचना बोर्ड राखिएको हो ।
संरक्षण क्षेत्र भ्रमण गर्ने पर्यटकले प्रवेश शुल्क नतिरी आउँदा दोब्बर जरिवाना तिर्नु पर्ने अवस्था रहेकाले सोको जानकारी दिन सूचना बोर्ड प्रभावकारी हुँने विश्वाश गरिएको छ । संरक्षित क्षेत्रको भ्रमण गर्दा प्रवेश अनुमतीपत्र हुनुपर्ने, संरक्षित क्षेत्र तथा निषेधित तथा नियन्त्रित क्षेत्रमा हेलिकोप्टर उडान/अवतरण, फिल्म तथा डकुमेन्ट्री खिच्न, ड्रोन उडाएर फोटो भिडियो खिच्न र बिना अनुमती वाकीटाकी वायरलेस सेट प्रयोग गर्दा अनिवार्य पूर्व अनुमती लिनुपर्ने उल्लेख छ । यसअघि मुस्ताङ प्रहरीले बिना अनुमती प्रयोग गरिएका दर्जनौ ड्रोन क्यामेरा र वाकीटाकी वायरलेस सेट बरामत गरी जफत गरेको थियो ।

सुन्दरकुमार थकाली
थकाली समाधान दैनिकका मुस्ताङ संवाददाता हुन्







कर्मचारी सहकारी संस्थामा पदमबहादुर घिमिरे
त्रिवेणी इन्टरनेशनल कलेजको १० औँ वार्षिक साधारण सभा : शिक्षामा शैक्षिक विधि र प्रविधिको प्रयोग आवश्यक
भद्रकाली माविमा कक्षा ११ का विद्यार्थीलाई स्वागत
हिमपातले मुस्ताङका याकचौँरी बेँसीमा सारिए
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
तपाईको प्रतिक्रिया