बागलुङमा नक्कली प्रहरी पक्राउ

समाधान संवाददाता २०७६ असार १९ गते १२:४३

समाधान संवाददाता, बागलुङ

नेपाल प्रहरी भन्दै सवारी साधनमा जाँच गरी पैसा असुल्ने २ जनालाई जिल्ला प्रहरी बागलुङले नियन्त्रणमा लिएको छ । बागलुङ नगरपालिका वडा नम्वर ६ धारापानी मसरा स्थित सार्वजनिक सडकमा नेपाल प्रहरीको सिभिलमा काम गर्ने सिभिल प्रहरी भन्दै सवारी साधनमा जाँच गरी पैसा असुल्ने २ जनलाई नियन्त्रणमा लिइएको हो ।

प्रहरी भन्दै सवारी साधनको जाँच गरेर पैसासमेत असुल गरेको भन्ने स्थानीयको सूचनाको आधारमा गएको प्रहरीको टोलीले ताराखोला गाउँपालिका वडा नम्बर ३ घर बताउने बर्ष २४ को अम्मर खत्री र बानपा २ घर बताउने बर्ष २१ को रुपेश रुचाललाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

Advertisement

प्रहरीको स्टाइलमा कपाल काटी सिभिल पोसाकमा सवारी जाँच गरेको सूचनाको आधारमा प्रहरी खटिई नियन्त्रणमा लिने प्रयास गर्र्दा प्रहरीको टोलीसँगै वादविवाद गरी हातपातको समेत प्रयास गरेका उनीहरुलाई नियन्त्रणमा लिई आवश्यक कारबाही प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायव उपरिक्षक तथा सूचना अधिकारी झविन्द्रबहादुर भट्टराईले जानकारी दिए ।

Advertisement

तपाईको प्रतिक्रिया