४ गते पोखरालाई पर्यटन राजधानी घोषणा गरिने

पोखरा ।
गण्डकी प्रदेश सरकार र पोखरा महानगरको संयुक्त आयोजनामा पोखरालाई नेपालको पर्यटकीय राजधानी घोषणा गर्ने भएका छन् । उक्त घोषणा कार्यक्रमका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई समेत निम्त्याइएको पोखराका मेयर धनराज आचार्यले जानकारी दिए ।
चैत ४ गते पोखरालाई पर्यटन राजधानी घोषणा गर्ने दिन बृहत् झाँकीसहितको र्यालीसमेत निकालिने भएको छ । घोषणा समारोहमा सहभागिताका लागि विभिन्न देशका राजदूतलाई पनि पोखरा निम्तो गरिएको छ ।
पोखरालाई नेपालको पर्यटकीय राजधानी घोषणा गर्न गण्डकी प्रदेशका विभिन्न पालिकाहरुसमेत समर्थन जनाएको छ । उक्त कार्यक्रममा ती पालिकाहरुले पनि सहभागिता जनाउने भएका छन् ।
यसअघि पोखरालाई पर्यटकीय राजधानी घोषणाको तयारीस्वरुप प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा. कृष्णचन्द्र देवकोटाको अध्यक्षतामा समिति गठन गरिएको थियो । पर्यटन व्यवसायीले पनि पोखरालाई पर्यटन राजधानी घोषणा गरिनुपर्ने बताउँदै आएका छन् ।







आँखाले देख्दैनन् तर खेल्दैछन् विश्व कप
गाँजा खेती वैधानिकीकरण विधेयक गण्डकी प्रदेश सभामा पेस
सिर्जना बहिरा माविमा तालावन्दी
प्रहरी महानिरीक्षकमा दानबहादुर कार्की
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
मन लोभ्याउने पुनहिल
तपाईको प्रतिक्रिया