हत्या आरोपमा २० वर्षपछि गुरुङ पक्राउ

समाधान संवाददाता २०७६ साउन ७ गते १५:१०

समाधान संवाददाता
पोखरा

अन्नपूर्ण गाउँपालिकाका कुमार गुरुङ हत्या आरोपमा पक्राउ परेका छन् । कुमारले २०५६ साल माघ ४ गते अन्नपूर्ण गाउँपालिकाका मनप्रसाद गुरुङलाई सामान्य विवादमा धारिलो हतियार प्रहार गरेपछि घाइते भएका थिए ।

मनप्रसादको उपचारका क्रममा घटनाको भोलिपल्ट मृत्यु भएको थियो । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता राजकुमार केसीका अनुसार घटनापछि कुमार गुरुङ म्याग्दीमा लुकेको र घटनाको २ वर्षपछि भारतमा गई बसेका थिए । भारतमा १४ वर्ष बसेपछि नेपालमै फर्किएर लुकीछिपी बसेका कुमारलाई प्रहरीले आइतबार पक्राउ गरेको हो । कुमारलाई म्याद थप गरी अनुसन्धान गरिरहकोे प्रहरी प्रवक्ता केसीले जानकारी दिए ।

Advertisement

तपाईको प्रतिक्रिया