सफलको कुजिन लाइनः सफलमै छ : असली स्वाद

समाधान संवाददाता २०८१ जेठ २३ गते १६:४५

पोखरा ।
सुजल डेरी प्रालिले नेपालमै पहिलोपटक आफ्नो कुजिन लाइन सार्वजनिक गरेको छ । सफल कुजिन लाइन सफल घिउ, बटर नौनी र पनिरलाई बन्डल गरी बनाइएको सफल ब्रान्डको लाइन हो । जसमा सबै सफलका उत्पादन परिकारमा प्रयोग गर्दा त्यो परिकार स्वादिष्ट र सर्वोत्कृष्ट बन्ने विश्वास कम्पनीले व्यक्त गरेको छ ।

Advertisement


‘हरेक नेपाली भान्सा र भोजनमा उत्कृष्ट स्वादको अनुभूति दिलाउने र उत्कृष्ट विभिन्न नेपाली कुजिन बनाएका सर्वोत्कृष्ट सेफहरुले प्रयोग गर्दै आएका यी उत्पादनहरुमा स्वादमात्र नभई महत्वपूर्ण स्वास्थ्य लाभहरु समेत छन्,’ सुजल डेरीको विज्ञप्तिमा भनिएको छ, ‘विभिन्न परिकार बनाउँदा, दुग्ध पदार्थको आवश्यक पर्छ ।

धेरै समयदेखि उपभोक्ताहरुले एकै ब्रान्डको विभिन्न दुग्ध उत्पादनको अभाव अनि कमसल गुणस्तरले गर्दा उपभोक्ताहरुलाई असहजता खेप्नुका साथै धेरै समय र मूल्य तिर्नुपर्ने अवस्थालाई चिरेर सुजल डेरीले दुग्ध पदार्थ प्रयोग हुने सम्पूर्ण परिकारको लागि सफल ब्रान्डको पनिर, घिउ, बटर, नौनी, क्रिम एउटा छातामा राखी सजिलै सुलभ अनि उत्तम मूल्यम सम्पूर्ण उपभोक्तहरुलाई प्रस्तुत गरेको छ ।’ एसले गर्दा ब्रान्डको छनोट, मूल्य अनि गुणस्तरमा ढुक्क हुने अवस्था सिर्जना गरेको कम्पनीको भनाइ छ ।


सफल कुजिन लाइनः सफलमै छ असली स्वाद सन्देश लिएर बजारमा आएको हो । ‘कुनै पनि परिकार सर्वोत्कृष्ट र स्वादिष्ट हुनमा एक जस्ले परिकार बनाउँछ र अर्को के कस्ता दुग्ध उत्पादनको प्रयोग गरिएका छन्, यी दुबै एकदमै महत्वपूर्ण छन्,’ डेरीको विज्ञप्तिमा भनिएको छ, ‘सफल कुजिन लाइनका दुग्ध उत्पादन ताजा र स्वस्थ हुनुका साथ साथै एस्को प्रयोग गरी बनाएका परिकारहरु स्वादिष्ट र सर्वोत्कृष्ट बन्ने कुरामा कम्पनी विश्वस्त छ ।’


कुनै पनि परिकारलाई स्वादिष्ट र सर्वोत्कृष्ट बनाउन चाहिने सम्पूर्ण दुग्ध उत्पादनकोे जरुरत सफल कुजिन लाइनले आपूर्ति गर्ने कुरा पनि कम्पनीले जनाएको छ । सुजल डेरी आइएसओ २२०००ः२०१८ प्रमाणित कम्पनी हो ।

Advertisement

तपाईको प्रतिक्रिया