फुटबल सिजनमा सामसङ टिभी किन्दा विशेष अफर

समाधान संवाददाता २०८१ जेठ ३० गते १३:४९

पोखरा ।
टिभी प्रविधिको क्षेत्रमा अग्रणी ब्रान्ड सामसङले आगामी फुटबल सिजनको लागि नेपाली बजारमा विशेष अफर ल्याएको छ । फुटबल फ्यानहरूको लागि सामसङले नवीनतम टिभीहरूमा ३८ प्रतिशतसम्मको छुट प्रदान गर्दै छ । यो अफरमा चयन गरिएका ठूलो टिभी मोडलहरू खरिद गर्दा ग्राहकहरूले निःशुल्क साउन्डबार प्राप्त गर्न सक्छन् ।

Advertisement


अन्य टिभीसँगै खरिद गरिएका चुनिँदा साउन्डबारहरूमा ५० प्रतिशतसम्म क्यासब्याकको अफर पनि कम्पनीले उपलब्ध गराएको छ । क्रिस्टल–क्लियर पिक्चर गुणस्तर र इमर्सिभ साउन्ड सुनिश्चित गर्दै, सामसङले आफ्ना ग्राहकहरूका लागि अविस्मरणीय फुटबल सिजनको प्रतिज्ञा गरेको छ ।


यो अफर सामसङ इन्स्टा फाइनान्सको साथ पनि प्राप्त गर्न सकिन्छ, जसले ग्राहकहरूलाई १८ महिना अवधिको लागि शून्य प्रतिशत ब्याज ईएमआईमा सामसङका नवीनतम टिभीहरू खरिद गर्न सक्नेछन् । यस विशेष सेवाको लाभ लिन ग्राहकहरुलाई मात्र आफ्नो नागरिकता पेश गरी इएमआई पाइने सुविधा पनि उपलब्ध गराइएको छ ।

ग्राहकहरूका लागि आफ्नो पुरानो इलेक्ट्रोनिक्स उपकरण तथा टिभीहरूलाई अर्काेस्टोरमार्फत नयाँ सामसङ टिभीसँग साट्न, एक्सचेन्ज सेवा पनि उपलब्ध गराइएको छ । निःशुल्क इन्सटलेसन् सेवा र खरिद गरिएको टिभीमा ३ वर्षको पूर्ण वारेन्टी जस्ता सुविधाहरूले सामसङका ग्राहकहरूलाई झन्झट रहित उत्कृष्ट टिभी किन्ने अवसर प्रदान गरेको छ ।


विस्तृत जानकारीको लागि र यी विशेष अफरहरूको फाइदा लिनको लागि, आज नै नजिकको आधिकारिक सामसङ डिलरमा जानकारी लिन सकिन्छ । यो अफर आधिकारिक वितरक हिम इलेक्ट्रोनिक्स र नेपालभर सामसङ टिभीहरूको लागि आधिकारिक पुनर्बिक्रेता त्रिवेणी व्यापारद्वारा देशभरका डिलर नेटवर्क मार्फत उपलब्ध गरिएको हो । यो योजना असार ३१, २०८१ सम्म लागु रहने छ ।

Advertisement

तपाईको प्रतिक्रिया