जोमसोम महिला समुहको अध्यक्षमा भुवन

जोमसोम— मुस्ताङको घरपझोङ—४ स्थित जोमसोम महिला समुहको अध्यक्षमा भुवन शेरचन सर्वसम्वत अध्यक्ष पदमा निर्वाचित भएकी छिन् । समुहको आईतबार सम्पन्न १७ औं अधिवेशनले भुवनलाई आगामी २ वर्षका लागि अध्यक्ष पदमा निर्वाचित गरेको हो ।
समुहको १७ औं अधिवेशनको बन्द सत्रले अध्यक्ष भुवन शेरचनको नेतृत्वमा १७ सदस्यीय कार्यसमिति सर्वसम्वत निर्वाचित गरेको हो । जोमसोम महिला समुहको नवनिर्मित भवनमा आयोजित समुहको १७ औ अधिवेशनले उपाध्यक्षमा छेम्जोङ गुरुङ, सचिवमा लक्ष्मी भट्टचन,सहसचिवमा दिपा थकाली र कोषाध्यक्ष पदमा अर्पणा गुरुङ सर्वसम्वत निर्वाचित भएका हुन् ।
यस्तै, मिना शेरचन श्रेष्ठ, हिरण भट्टचन, सुस्मा गुरुङ, मेन्दो गुरुङ, ढोका पुन,कल्पना नेपाली, छप्तेन गुरुङ, छिरिआङ्मो गुरुङ, भिमकुमारी नेपाली,रिता गुरुङ,सिमा नेपाली र भुटिक गुरुङ सदस्यमा निर्वाचित भए ।
यसअघि नयाँ पदाधिकारी तथा सदस्य चयनका लागि मिमकुमारी शेरचनको संयोजकत्वमा ५ सदस्य निर्वाचन कमिटी गठन गरिएको थियो । कमिटी सदस्यमा निर्वतमान समुहकी अध्यक्ष मिना कुमारी शेरचन, रिक्साङ गुरुङ, शशीदेवी गुरुङ र कुसुम शेरचन थिए । समुहको नयाँं नेतृत्व चयनपछि नवनिर्वाचित समुहकी अध्यक्ष भुवन शेरचनले निर्वाचन कमिटीलाई धन्यवाद व्यक्त गरिन् । अध्यक्ष शेरचनले आफुलाई सुम्पिएको कार्यभार पुरा गर्ने प्रतिवद्धता जनाईन । प्राप्त उनले समुहको संस्थागत विकास संस्थालाई गतिशील बनाउन सबैको सहयोग अपरिहार्य रहने बताईन् ।बन्दसत्रमा समुहको पदाधिकारी तथा सदस्यहरुलाई निर्वाचन कमिटीले भंग गर्दै बिदाईसहित धन्यवाद दिएको थियो ।
यसअघि निर्वमान अध्यक्ष मिना कुमारी शेरचन, सचिव रिक्साङ गुरुङ र कोषाध्यक्ष निर्मला भट्टचनले समुहमा आजिवन सदस्य बनेकाहरुलाई खादा लगाएर प्रमाणपत्र प्रदान गरे । बन्द सत्र सुरु हुनु अघि अध्यक्ष मिना कुमारी शेरचनले सस्थाका सल्लाहाकारहरुलाई कदर पत्र प्रदान गरिन् । यस्तै सस्थाकी कोषाध्यक्ष निर्मला भट्टचनले आर्थिक वार्षिक प्रतिवेदन सार्वजनिक गरिन । उनले समुहको आम्दानी २४ लाख ४१ हजार र खर्च १५ लाख ९९ हजार भएको बताईन । समुहको कार्यकालमा ८ लाख ६२ हजार बचत भएको कोषाध्यक्ष भट्टचनको आर्थिक प्रतिवेदनमा समेटिएको छ ।
जोमसोम महिला समुहको नवनिर्मित दुई तले पक्की भवनको संघीय प्रतिनिधि सभा सदस्य योगेश गौचन थकालीले एक समारोहकाबिच उद्घाटन गरे । सरकारी तथा र्गैरसरकारी संस्था व्यक्ति विशेषबाट प्राप्त आर्थिक सहयोगबाट जोमसोम महिला समुहको भवन निर्माण सम्पन्न भएको निर्वतमान अध्यक्ष मिनाकुमारी शेरचनले जानकारी दिईन् । समुहको पक्की भवन जोमसोम उपभोक्ता समिति मार्फत १ करोड १३ लाख लागतमा सम्पन्न भएको निर्वतमान अध्यक्ष शेरचनको भनाई छ । भवन निर्माणका लागि मिमकुमारी शेरचनको संयोजकत्वमा एक समिति गठन गरिएको थियो ।
१७ अधिवेशनको समुद्घाटन समारोहमा भवन निर्माणमा आर्थिक सहयोग प्रदान गर्ने संघसंस्थाहरुलाई सम्मान पत्र अर्पण गरिएको थियो । साविक जोमसोम गाविस अन्तर्गत वडा ५,६,७ र ८ वडाका महिलाहरुलाई संगठित गर्दै २०५१ सालमा जोमसोम महिला समुह संस्था गठन गरिएको थियो । समुहले स्थापना कालदेखि महिला शशक्तिकरण तथा नेतृत्व क्षमता विकास,सामाजिक कार्य, फोहोर मैला व्यवस्थापन,वित्तिय कर्जा लगानीका साथै विविधि सामाजिक तथा रचनात्मक कार्यहरुमा अग्रसर रहदै आईरहेको छ ।






कर्मचारी सहकारी संस्थामा पदमबहादुर घिमिरे
त्रिवेणी इन्टरनेशनल कलेजको १० औँ वार्षिक साधारण सभा : शिक्षामा शैक्षिक विधि र प्रविधिको प्रयोग आवश्यक
भद्रकाली माविमा कक्षा ११ का विद्यार्थीलाई स्वागत
हिमपातले मुस्ताङका याकचौँरी बेँसीमा सारिए
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
तपाईको प्रतिक्रिया