विपद्मा एनसेलकाे निःशुल्क डेटा

समाधान संवाददाता २०८१ असोज १३ गते १५:५६

काठमाडौं ।
देशभर आएको विपदलाई ध्यानमा राखी एनसेलले शनिबार बिहानदेखि निशुल्क डाटा उपलब्ध गराएको छ । बाढी, पहिरोबाट प्रभावित क्षेत्रका ग्राहकलाई निःशुल्क डेटा उपलब्ध गराइसकेको एनसेलले जनाएको छ ।

Advertisement


विपदका बेला ग्राहकहरुलाई परिवार, आफन्तजन, साथीभाइसँग सम्पर्कमा रहन, महत्वपूर्ण जानकारी प्राप्त गर्न, तुरुन्तै आवश्यक सहयोगको लागि सम्पर्क गर्न र सुरक्षित रहन सकून भनी यस्तो कदम चालिएको हो ।

१ करोड ३० लाखभन्दा बढी ग्राहकलाई सञ्चार सेवा प्रदान गर्ने एनसेलले क्षतिको मूल्यांकन पछि आवश्यक कदम चाल्नेसमेत जनाएको छ ।

तपाईको प्रतिक्रिया