मिस्टर एन्ड मिस कास्कीको अडिसन

समाधान संवाददाता २०७६ भदौ ४ गते १४:०३

समाधान संवाददाता, पोखरा

नेपाल आईस मिस्टर एन्ड मिस कास्की २०१९ अन्तर्गत तेस्रो चरणको पहिलो अडिसन सकिएको छ । ब्ल्यु रे प्रोडक्सनको आयोजनामा भएको प्रतियोगिताको पहिलो र दोस्रो अडिसनबाट १५ जना छनोट भएका छन् ।

छनोट हुनेमा ३ युवा र १२ युवती छन् । अडिसनबाट छनोट भएकालाई विभिन्न चरणमा प्रतिस्पर्धा गराई विजेता छनोट गरिनेछ । प्रतियोगिताको विजेता हुने प्रतिस्पर्धीले क्राउनसहित सुजुकी स्कुटर, नगद, होलिडे प्याकेज, म्युजिक भिडियो खेल्ने अवसर र ५ लाख रुपैयाँको लाइफ इन्स्योरेन्स सेवा पुरस्कार प्राप्त गर्नेछन् ।

Advertisement

प्रतियोगिताको फस्ट रनर अप र सेकेन्ड रनरअपले क्राउन, नगद, होलिडे प्याकेज, म्युजिक भिडियो खेल्ने र २ लाख ५० हजारको इन्स्योरेन्स प्राप्त गर्ने कार्यक्रम संयोजक सिर्जना क्षेत्रीले जानकारी दिइन् ।

Advertisement

तपाईको प्रतिक्रिया