चुनावी हारपछि मुख्यमन्त्री शिवराजले दिए राजीनामा

समाधान संवाददाता २०७५ पुष ५ गते ११:२४

२६ मंसिर, काठमाडौं । भारत मध्यप्रदेशको विधानसभा चुनावको परिणाम आएको छ तर, कुनै पनि पार्टीले बहुमत ल्याउन सकेनन् । चुनावी परिणामपछि मध्यप्रदेशका वर्तमान मुख्यमन्त्री एवम् भाजपाका नेता शिवराज सिंह चौहानले राजीनामा दिने घोषणा गरेका छन् ।

२३० सिट भएको मध्यप्रदेश विधानसभामा साधारण बहुमतका लागि ११६ विधायक चाहिन्छ । कांग्रेसलाई दुई सिट पुगेन भने कांग्रेसले भन्दा धेरै भोट पाएर पनि भारतीय जनता पार्टी (भाजपा) १०९ सिटमा समेटियो । कांग्रेस ११४ सिट आफ्नो पक्षमा पार्न सफल भएको छ ।

Advertisement

तपाईको प्रतिक्रिया